काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफूहरुलाई उपराष्ट्रपति दिने विषयमा सकारात्मक रहेको बताएका छन् । आज (बिहीबार) माओवादी केन्द्रका नेताहरुसँगको भेटपछि पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘जसपालाई उपराष्ट्रपति दिने कुरामा उहाँहरु सकारात्मक हुनुहुन्छ ।’
जसपा र एकीकृत समाजवादीसँगको बैठक चलिरहेका बेला माओवादी अध्यक्ष प्रधानमन्त्री प्रचण्ड मन्त्रिपरिषद बैठकमा सहभागी हुन गएका छन् ।
प्रचण्डले सार्वजनिक रुपमा नै कांग्रेसलाई पनि समेटेर लैजानुपर्छ भन्ने धारणा राखेको यादवले बताए ।