logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • सबैको सहमतिको राष्ट्रपति भए देशको स्वाधिनताको रक्षा हुन्छः महासचिव गुरुङ

    सबैको सहमतिको राष्ट्रपति भए देशको स्वाधिनताको रक्षा हुन्छः महासचिव गुरुङ

    1.3K
    Shares
    सबैको सहमतिको राष्ट्रपति भए देशको स्वाधिनताको रक्षा हुन्छः महासचिव गुरुङ

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले सबैको सहमतिमा राष्ट्रपति निर्वाचित गराउनसके देशको स्वाधिनताको रक्षा हुने बताएका छन् ।
    बिहीवार रफत सञ्चार क्लवले भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै महासचिव गुरुङले सहमतिमा राष्ट्रपति निर्वाचित गराउँदा देशको स्वाधिनताको रक्षा हुने बताएका हुन् ।

    उनले देशको स्वाधिनताको रक्षाका लागि राष्ट्रपतिका निम्ति सबै दलले समर्थन गर्नेखालको पात्र हुनुपर्ने बताए । नेपाल शक्तिकेन्द्रहरुको इपिसेन्टर बन्दै गरेको उल्लेख गर्दै उनले यस्तो अवस्थमा दलहरुका बिचमा आपसी सहमती सहकार्य हुनुपर्नेमा जोड दिए । राष्ट्रपतिलाई साझा बनाउन सकेमा राष्ट्रियताको संवद्र्धन हुने उनको भनाई छ ।

    उनले भने– ‘राष्ट्रपतिको सन्दर्भमा सबैको बिचमा आवश्यक सहमतिको आधारमा अगाडी बढौँ । संविधानको संरक्षण पनि हुनुप¥यो । गणतन्त्रको रक्षा पनि हुनुप¥यो । राष्ट्रिय स्वाधिनताको रक्षा पनि हुनुप¥यो । राष्ट्रिय स्वाधिनताको रक्षाका लागि सबै दलले मान्ने प्रकारको, सबै दलले समर्थन गर्ने खालको पात्र हुनुप¥यो । त्यसो भयो भने बल्ल एकताको प्रतिक हुनसक्छ । राष्ट्रिय एकताको प्रवद्र्धक बन्नसक्छ । यो मोडेलमा जानुपर्छ । शान्ति प्रक्रियाको मुद्दा अड्किइराखेको छ । दलहरुका बीचमा सहमति र सहकार्य हुन नसकेको कारणले गर्दा यो प्रक्रिया अड्किएको छ । अबका दिनमा झन ठूला चुनौति आउँदैछन् । शक्तिकेन्द्रहरुको इपिसेन्टरको रुपमा नेपाल बन्दैछ । यो अवस्थामा दलहरु बीचमा सहमति र सहकार्यबाट बन्न सक्यो नेपालको रक्षा हुन्छ । नेपालको स्वाधिनताको रक्षा हुन्छ । दलहरुका बिचमा सहमति र सहकार्य बन्न सकेन, एकले अर्कोलाई निषेध गर्ने, एकले अर्कोलाई समाप्त गर्ने, एकले अर्कोलाई बिस्थापित गर्ने, एकले अर्कोलाई भित्तामै पु¥याउने खालको अस्वस्थ प्रतिष्पर्धामा जान थाल्यो भने बाहिरी शक्तिकेन्द्रहरु त्यसैमा खेल्छन् । राष्ट्रपति सबैको साझा बनाउने प्रयास गरौँ । साझा मान्यता स्थापित गर्ने प्रयास गरौँ । त्यसो हुनसक्यो भने नै राष्ट्रियताको संवद्र्धनमा महत्वपूर्ण भुमिका निर्वाह हुनेछ ।’

    उनले राष्ट्रपति निर्वाचनको विषयलाई गठबन्धनसँग जोडेर हेर्नु नहुने बताए । महासचिव गुरुङले राष्ट्रपतिको साझा उम्मेदवार बनाउने विषयमा दलहरुका बीचमा निरन्तर छलफल भइरहेको बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend