logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • सुदूरपश्चिममा पहिलो पटक केबलकारसहित होटेल

    सुदूरपश्चिममा पहिलो पटक केबलकारसहित होटेल

    1.4K
    Shares
    सुदूरपश्चिममा पहिलो पटक केबलकारसहित होटेल

    धनगढी । कैलालीको चिसापानीदेखि राजकाँडा जोड्न जालपादेवी केबलकार निर्माण हुने भएको छ। कैलालीको मोहन्याल गाउँपालिका र लम्किचुहा नगरपालिकामा केबलकारसहित होटल बन्ने भएको हो।

    जालपादेवी केबलकार परियोजना निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट तयार पारिएको छ। आयोजनाले तयार पारेको रिपोर्ट स्वीकृतिका लागि रायसुझाव माग गरिएको छ। केबलकारको माथिल्लो स्टेसन मोहन्याल गाउँपालिका वडा नम्बर ७ मा पर्ने छ भने तल्लो स्टेसन लम्की चुहा नगरपालिको वडा नम्बर ३ मा पर्ने छ।आयोजनाको कुल लागत २ अर्ब ६४ करोड रहने अनुमान छ।

    केबलकारको लम्बाई ३ दशमलब १ किलोमिटर हुनेछ। केबलकारमा कुल ३४ वटा बक्स सञ्चालन हुनेछन्। प्रति बक्स यात्रु क्षमता ८ जनाको हुने कम्पनीले जनाएको छ। केबलकारले प्रतिदिन ६ हजार यात्रुलाई सेवा दिन सक्नेछ। केबलकारको स्पिड प्रति सेकेन्ड ६ मिटरको हुने कम्पनीको दाबी छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend