काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटारबाट निस्किएका छन् । प्रधानमन्त्री प्रचण्डसँग करिब २ घण्टा वार्ता गरेर अध्यक्ष ओली बालुवाटारबाट निस्केका हुन् ।
राष्ट्रपतिको उम्मेदवारका विषयमा छलफल गर्न प्रचण्डलाई भेट्न ओली बालुवाटार पुगेका थिए ।
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच छलफल भएपनि राष्ट्रपतिका विषयमा के कस्तो समझदारी भयो भन्ने विषयमा बाहिर सार्वजनिक भएको छैन ।