बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

‘राहदानी लिन सहज बनाइयोस्’

‘राहदानी लिन सहज बनाइयोस्’

काठमाडौं । सर्वसाधारणका लागि राहदानी लिन अझै समस्या रहेको विषय संसद्मा उठेको छ । सांसद रामहरि खतिवडाले प्रतिनिधिसभाको आजको बैठकमा सर्वसाधारणका लागि राहदानी लिन सहज बनाउन सरकारले पहल गर्न नसकेको बताए ।

“पासपोर्ट (राहदानीं) लिनका लागि एक महिना पर्खनुपरेको छ । यो सरकार गठन भए लगत्तै प्रधानमन्त्री, मन्त्रीहरूले राहदानी विभागमै गएर त्यसबारे चासो देखाउनुभएको थियो । आज पनि लाइन त्यत्तिकै लामो छ । पासपोर्ट लिनका लागि रातभरि लाइन बस्नुपर्ने स्थिति कहिलेसम्म हो ?”, उनले भने ।

पासपोर्ट लिनका लागि महँगो शुल्क रहेको पनि उनले बताए । “करिब रू १४ सय लागतमा बनेको पासपोर्ट लिनका लागि २० हजारसम्म तिर्नुपर्ने अवस्था छ । एउटा गरिबका लागि राज्यले नै यस्तो महँगो शुल्क लिन कति जायज हो ?” उनले भने । दूरदराजका मानिसले अहिले पासपोर्ट लिनका लागि रु एक लाखसम्म खर्च गर्नुपर्ने अवस्था रहेकाले त्यसमा सहजीकरण गरिनुपर्ने सांसद खतिवडाको भनाइ छ । रातो पासपोर्ट लिनेका लागि पनि शुल्क तिराउनुपर्ने उहाँले संसद्मा धारणा राखे ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend