काठमाडौं । नेपाली काँग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङले राष्ट्रपति निर्वाचन पछि पनि प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डको निरन्तरता हुने बताएका छन् ।
शुक्रवार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले राष्ट्रपतिको निर्वाचन पछि पनि प्रधानमन्त्री पुष्पकमल दाहाल नै रहने बताएका हुन् । प्रधानमन्त्रीमा दाहालकै निरन्तरता हुनुले सरकार अस्थिर भन्न नमिल्ने उनले बताए ।
उनले भने– ‘२५ गते पछिपनि प्रचण्डजी नै प्रधानमन्त्री रहिरहनुहुन्छ । त्यसो भएपति अस्थिर कसले भन्ने ? प्रचण्डजी नै निरन्तर प्रधानमन्त्री हो । धेरै पहिलादेखि भनेको थिँए, र अहिले पनि भनिराखेको छु, निरन्तर प्रधानमन्त्री उहाँ नै हो ।’