logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • राष्ट्रपतिको रुपमा संविधानको रक्षा गर्ने उपयुक्त पात्र रामचन्द्र पौडेल : शेखर कोईराला

    राष्ट्रपतिको रुपमा संविधानको रक्षा गर्ने उपयुक्त पात्र रामचन्द्र पौडेल : शेखर कोईराला

    1.2K
    Shares
    राष्ट्रपतिको रुपमा संविधानको रक्षा गर्ने उपयुक्त पात्र रामचन्द्र पौडेल : शेखर कोईराला

    काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले राष्ट्रपतिको रुपमा संविधानको रक्षा गर्ने उपयुक्त पात्र रामचन्द्र पौडेल भएको बताएका छन् । उनले एमालेले सरकार नछाडेको अवस्थामा आफूहरुले सरकारमा जाने सम्बन्धमा निर्णय नगरेको बताए ।

    उनले भने – ‘उम्मेदवारको रुपमा रामचन्द्रजी जत्तिको व्यक्ति जो धेरै सिनियर, खारिएको र प्रत्येक आन्दोलनमा उहाँको भुमिका अत्यन्त महत्वपूर्ण र त्यसमा पनि अहिले जुन संविधान छ, त्यसलाई रक्षा गर्ने उपयुक्त पात्रको रुपमा हामीहरुले लिएका छौँ । र मलाई विश्वास छ, उहाँको जित सुनिश्चित छ भनेपनि हुन्छ । सरकारमा एमालेले के गर्छ ? अहिले त छोडेको छैन एमालेले । एमाले सरकारमा हुँदाहुँदै हामी कसरी सरकारमा जाने ? सरकार त पुरै छ नि त । त्यसै जाने भनेर त जाने होइन नि सरकारमा ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend