logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • राष्ट्रपति निर्वाचनपछि निरन्तर प्रधानमन्त्री प्रचण्डः काँग्रेस उपसभापति गुरुङ

    राष्ट्रपति निर्वाचनपछि निरन्तर प्रधानमन्त्री प्रचण्डः काँग्रेस उपसभापति गुरुङ

    1.2K
    Shares
    राष्ट्रपति निर्वाचनपछि निरन्तर प्रधानमन्त्री प्रचण्डः काँग्रेस उपसभापति गुरुङ

    कठमाडौं। नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङले राष्ट्रपति निर्वाचन पछि पनि प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’को निरन्तरता हुने बताएका छन्।

    शुक्रबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले राष्ट्रपतिको निर्वाचनपछि पनि प्रधानमन्त्री पुष्पकमल दाहाल नै रहिरहने बताएका हन्। प्रधानमन्त्रीमा दाहालकै निरन्तरता हुनुले सरकार अस्थिर भन्न नमिल्ने उनले बताए ।

    उनले भने, ‘‘२५ गतेपछि पनि प्रचण्डजी नै प्रधानमन्त्री रहिरहनुहुन्छ। त्यसो भएपछि अस्थिर कसले भन्ने ?प्रचण्डजी नै निरन्तर प्रधानमन्त्री हो। धेरै पहिलादेखि भनेको थिँए, र अहिले पनि भनिराखेको छु, निरन्तर प्रधानमन्त्री उहाँ नै हो।’’

    नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले राष्ट्रपतिको रुपमा संविधानको रक्षा गर्ने उपयुक्त पात्र रामचन्द्र पौडेल भएको बताए। उनले एमालेले सरकार नछाडेको अवस्थामा आफूहरुले सरकारमा जाने सम्बन्धमा निर्णय नगरेको बताए।

    उनले भने ‘‘उम्मेदवारको रुपमा रामचन्द्रजी जत्तिको व्यक्ति जो धेरै सिनियर, खारिएको र प्रत्येक आन्दोलनमा उहाँको भुमिका अत्यन्त महत्वपूर्ण र त्यसमा पनि अहिले जुन संविधान छ, त्यसलाई रक्षा गर्ने उपयुक्त पात्रको रुपमा हामीहरुले लिएका छौँ। मलाई विश्वास छ, उहाँको जित सुनिश्चित छ।’’

    त्यस्तै जनता समाजवादी पार्टी, नेपालका नेता प्रकाश अधिकारीले राष्ट्रपतिको निर्वाचन पछि जसपा सरकारमा जाने बताए। उनले भने, ‘‘अधिकतम दलको सहमति भएको। त्यसकारण सहामति नै हो यो। उपराष्ट्रपति बारेमा निर्णय हुन सकेको छैन। राष्ट्रपतिको निर्वाचन के– के छ सबै भएपछि स्वभाविक हो पार्टी त सरकारमा जान्छ नै।’’

    जनता समाजवादी पार्टी, नेपालका नेता राजकिशोर यादवले रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवारको रुपमा उत्तम र सर्वश्रेष्ठ रहनुभएको बताए। उनले पौडेलले संविधान र पदको दुरुपयोग नगर्ने बताए। पौडेलले राष्ट्रपति पदको मर्यादा र गरिमालाई बढाउने नेता यादवको भनाइ छ।

    उनले आफूहरुले उपराष्ट्रपतिको उम्मेदवार निश्कलंकित र सबैलाई स्वीकार्य हुनेगरी दिने पनि बताए।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend