logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • अब प्रदेश सरकार झनै बलियो हुन्छः अध्यक्ष यादव

    अब प्रदेश सरकार झनै बलियो हुन्छः अध्यक्ष यादव

    1.8K
    Shares
    अब प्रदेश सरकार झनै बलियो हुन्छः अध्यक्ष यादव

    काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आगामी दिनमा प्रदेश सरकार झनै सशक्त भएर जाने बताएका छन् । शनिवार जनकपुर पुग्नुभएका उनले सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

    उनले आफ्नो पार्टीले उपराष्ट्रपति पाउने सहमति भइसकेकाले सहमति अनुसार नै अब अघि बढ्ने बताए । उनले प्रदेश सरकार आगामी दिनमा श्रोत, साधन र अधिकार सम्पन्न बनाउने, कर्मचारी र प्रहरी प्रशासनहरु प्रदेश सरकारले नै परिचालन गर्नेगरी अघि बढ्ने दाबी गरे ।

    उनले भने, ‘काँग्रेसले राष्ट्रपति र हामीले उपराष्ट्रपति पाउने सहमति भएको छ । प्रदेश सरकार आउने दिनमा झनै बलियो हुन्छ, श्रोत, साधन र अधिकार सम्पन्न बनाउने, कर्मचारी र प्रहरी प्रशासनहरु प्रदेश सरकारले नै परिचालन गर्नेगरी अघि बढ्छ ।’

    अध्यक्ष यादवले सत्ता गठबन्धनले मधेस प्रदेशमा कुनै समस्या नआउने दाबी गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend