logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • कञ्चनपुरको दोधारा चाँदनीका महिलाहरु डोरी बनाउने तालिममा आकर्षित

    कञ्चनपुरको दोधारा चाँदनीका महिलाहरु डोरी बनाउने तालिममा आकर्षित

    1K
    Shares
    कञ्चनपुरको दोधारा चाँदनीका महिलाहरु डोरी बनाउने तालिममा आकर्षित

    कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी– ५ शेरा टोल की शान्ती सुनार । उनी अहिले ३६ वर्षकी भईन् । घरको आर्थिक अवस्था कमजोर भएकै कारण सिप सिकेर केही गर्ने ईच्छामा छन् । थोरै जग्गा जमिन भएको कारण आर्थिक कठिनाईनै छ् । श्रीमान भारतमा नोकरी गर्न गएका छन् । गाँउमै रोजगारी नपाएपछि श्रीमान् भारतमा नोकरी गर्न गएको शान्तीले बताए । ‘गाँउमै सिप सिकेर आत्मनिर्भर बन्दै व्यवसायिक बन्ने गरी डोरी बनाउने तालिम सिक्न आएकी छु ।’ आज भोली दोधारा चाँदनी नगर क्षेत्र लगाएत क्षेत्रमा महिलाको श्रंगारकोरुपमा डोरी लगाउने निकै प्रचलन बढेको उनले बताए । शुदुरपश्चिम महिला जागरण उत्थान संस्थाको आयोजना र दोधारा चाँदनी नगरपालिका– ५ को सहयोगमा संचालन भईरहेको एक हप्ते डोरी बनाउने तालिममा आशा सुनार लगशिलन भएर सिप सिक्दै आएका छन् ।

    तालिम पश्चात आशाले डोरी बनाएर जिवीका चलाउने आशामा छन् । आशा सुनार जस्तै सोही वडाका अर्का स्थानिय महिला मिना खत्री डोरी बनाउने तालिममा सहभागी छन् । तालिमपछि घरमै बसेर व्यापार व्यवसाय गरे गाँउमै रोगजारी सिर्जना हुनेमा विश्वस्त रहेकी छन् । तालिमका प्रशिक्षक तथा आयोजक संस्थाले सिप सिकेर ब्यवसाय गर्न निकै उत्प्ररित गराएको मिना खत्रीले बताएका छन् । अरुको देशमा गएर नोकरी गर्नु भन्दा सिप सिकेर गाँउमै सिप सिकेर व्यवसाय गर्दा आर्थिक समस्या नहुने खत्रीले बताईन् । सिप सिकेपछि कुनै खेर नजाने भएकाले व्यवसायी र स्वरोजगार बन्नका लागि गाँउमै मेहनत र परिश्रम गर्नु पर्नेमा खत्रीले जोड दिएकी छन् । सिप सिकेर व्यवसायीक रुपमा काम गर्दा मनग्य रुपमा आम्दानी हुने खत्रीको भनाई रहेको छ् । तालिममा सहयोग गर्ने दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्री, शुदुरपश्चिम महिला जागरण उत्थान संस्थाका नन्दा खत्री, धनसरा चन्द, खिमा चन्द लगाएत आयोजक टोलीलाई मिना खत्रीले बिशेष धन्यबाद दिएका छन् ।

    शान्ती सुनार र मिना खत्री जस्तै दोधारा चाँदनी– ५ का २५ जना महिलाहरु यतिबेला महिलाहरुको श्रंगारको समान डोरी बनाउने तालिममा लिईरहेका छन् । सिप सिकेर दक्षता संगै क्षमता अभिवृद्धी गरी महिलाहरु आत्मनिर्भर बन्न सकोस भन्ने उद्धेश्यले तालिमको आयोजना गरिएको शुदुरपश्चिम महिला जागरण उत्थान संस्था दोधारा चाँदनीका अध्यक्ष नन्दा खत्रीले बताएका छन् । महिलाहरु बेरोजगार भएर अरुको मुख ताकेर बस्न नहुने अध्यक्ष खत्रीको भनाई रहेको छ् । महिलाहरुले पुरुषले मात्र कमाई गर्नुपर्छ, महिलाले कुनै पनि काम गर्नु हुदैन भन्ने सोचको अन्त्य गर्दै समाजको विकास गर्न तालिम संचालन गरिएको बताईएको छ् ।

    दोधारा चाँदनी नगरपालिका वडा नं। ५ का वडाध्यक्ष केशव खत्रीले महिलाहरुको क्षमता अभिवृद्धी संगै व्यवसायिक बनाएर परनिर्भरताको अन्त्य गर्नका लागि विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको तालिमका सहभागीहरुले बताएका छन् । वडाध्यक्ष खत्रीले वडामा रहेका विपन्न, गरिव तथा पिछडीएका क्षेत्रको आर्थिक अवस्था माथि मजबुत बनाउने सहयोग र बिभिन्न रचनात्मक कार्य गर्दै आएको स्थानियहरुले बताएका छन् । पछिल्लो समयमा सिपमुलक तथा व्यवसायिक तालिमममा महिलाको आकर्षण बढ्दै गएको प्रति वडाध्यक्ष केशव खत्रीले खुसी व्यक्त गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend