जनकपुरधाम । धनुषा प्रहरीको भ्यानबाट हाम फालेर बलात्कार मुद्दाका एक अभियुक्त हतकडीसहित फरार भएका छन् ।
धनुषाको सबैला नगरपालिका वडा नम्बर–१३ किरतपुरका २८ वर्षीय राजाबाबु मुखिया भ्यानबाट हाम फालेर फरार भएका हुन् ।
जिल्ला अदालत धनुषाबाट ७ दिन म्याद थप गरी इलाका प्रहरी कार्यालय सबैलाई लग्ने क्रममा थुनुवा फरार भएको हो ।
मुखिया यदुकोहाबाट फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । एक प्रहरी अधिकारीका अनुसार थुनुवा मुखिया कमला नहरमा हाम फालेर भागेका छन् । प्रहरीले लखेटे पनि समात्न सकेनन् । रातभर जिल्लाभरका प्रहरी उनको खोजी गरे पनि फेला पर्न नसकेको बुझिएको छ ।