काठमाडौँ । निर्वाचनले आयोगले स्वतन्त्र सांसद प्रभु साहको आम जनता पार्टीलाई दलको मान्यता दिएको छ । प्रतिनिधिसभाको निर्वाचन अघि साहले एमाले पार्टी छोडेर स्वतन्त्र रुपमा रौतहटबाट चुनाव जितेका थिए ।
आयोगले संसद् सचिवालयलाई पत्र पठाउँदै २०७८ साल पुस ३० मा दर्ता भएको वैज्ञानिक समाजवादी पार्टीको हाल नाम परिवर्तन भएर आम जनता पार्टी भएको उल्लेख गरेकाे छ ।