logo

२०८१ कार्तिक ५ सोमबार

logo
  • सोमबार, ५ कार्तिक २०८१
  • नेपालको लगातार पाँचौं जित : पीएनजी ४ विकेटले पराजित

    नेपालको लगातार पाँचौं जित : पीएनजी ४ विकेटले पराजित

    1.1K
    Shares
    नेपालको लगातार पाँचौं जित : पीएनजी ४ विकेटले पराजित

    काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा नेपालले पपुवा न्यूगिनीलाई पराजित गरेको छ । नेपालले पपुवा न्यूगिनीलाई चार विकेटले हराएको हो । लिग–२ मा नेपाल पछिल्ला पाँच खेलमा लगातार विजयी भएको छ ।

    युनाइटेड अरब इमिरेट् (युएई) को दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पपुवा न्यूगिनीले दिएको दुई सय चार रनको लक्ष्य नेपालले ४५ दशमलव दुई ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

    नेपालका लागि कुशल भुर्तेलले ५६ रनको योगदान दिए । यस्तै आसिफ शेखले ४४, आरिफ शेखले ३३, कप्तान रोहितकुमार पौडेलले २०, दीपेन्द्रसिंह ऐरीले २२ तथा कुशल मल्लले अविजित १२ रनको योगदान दिए । बलिङतर्फ पपुवा न्यूगिनीका लागि कप्तान असद भालाले तीन तथा नर्मन भानुवा र सेसे बाउले एक एक विकेट लिए ।

    त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पपुवा न्यूगिनीले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै दुई सय तीन रन बनाएको थियो । पपुवा न्यूगिनीकम लागि चाड सोपरले अविजित ३६, कप्तान असद भालाले ३६, सेसे बाउले ३१, किपीलंन डोरिगाले २९, नोर्मन भानुआले २५ र हिरी हिरीले १० रन जोडे ।

    बलिङतर्फ नेपालका लागि गुल्सन झाले तीन, कुशल मल्लले दुई तथा सोमपाल कामी, करण केसी र प्रतिश जिसीले एक एक विकेट लिए । जितसँगै नेपाल २९ खेलमा २८ अङ्क जोड्दै लिगको छैटौँ स्थानमा छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend