रौतहट । रौतहट जिल्लाको गौर नगरपालिका ५ स्थित सबगढा र गरुडा नगरपालिका ५ स्थित शिवनगरबाट सशस्त्र प्रहरीले करीब ५ लाख ८० हजार रुपैयाँ बराबरको चोरीपैठारीका लत्ताकपडा र किराना सामान बरामद गरेको छ ।
भारतबाट भन्सार छली नेपालतर्फ ल्याउदै गरेको उक्त लत्ताकपडा तथा किराना सामान सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण रौतहटले बरामद गरेको हो । बरामद लत्ताकपडा तथा किराना सामान भन्सार कार्यालय गौरमा बुझाएको छ ।