logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • राष्ट्रपति निर्वाचन कार्यतालिकाः आज उम्मेदवारी फिर्ताको समय

    राष्ट्रपति निर्वाचन कार्यतालिकाः आज उम्मेदवारी फिर्ताको समय

    1.2K
    Shares
    राष्ट्रपति निर्वाचन कार्यतालिकाः आज उम्मेदवारी फिर्ताको समय

    काठमाडौँ । राष्ट्रपति निर्वाचन लड्न नचाहने उम्मेदवारले आज आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ । राष्ट्रपति निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने भएका हुन् ।

    आयोगले आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने पनि जानकारी दिएको छ । निर्वाचन कार्यतालिका अनुसार राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ ।अपराह्न ४ बजेदेखि मतगणना प्रारम्भ हुने र सोही दिन साँझ ७ बजेभित्रमा नतिजा सार्वजनिक गर्ने आयोगको तयारी रहेको छ ।

    राष्ट्रपतिमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमाले नेता सुवास नेम्वाङको उम्मेदवारी परेको छ । पौडेललाई नयाँ आठ दलीय गठबन्धनको साथ छ भने नेम्वाङलाई एमालेबाहेकका दलले खुलेर साथ दिएका छैनन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend