logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डलाई सूर्य थापाको कटाक्ष, ‘सुन्तला प्रजातिबाट नियुक्त भएर मुन्तला बनेको छेपारो महोदय’

    प्रधानमन्त्री प्रचण्डलाई सूर्य थापाको कटाक्ष, ‘सुन्तला प्रजातिबाट नियुक्त भएर मुन्तला बनेको छेपारो महोदय’

    1.1K
    Shares
    प्रधानमन्त्री प्रचण्डलाई सूर्य थापाको कटाक्ष, ‘सुन्तला प्रजातिबाट नियुक्त भएर मुन्तला बनेको छेपारो महोदय’

    काठमाडौं । नेकपा (एमाले) का नेता तथा प्रतिनिधिसभा सदस्य सूर्य थापाले समाजिक सञ्जालमा प्रचण्डलाई
    तिखो कटाक्ष गरेका छन् । समाजिक सञ्जाल फेसबुकमा लेख्दै नेता थापाले प्रधानमन्त्री प्रचण्डलाई महाठगको संज्ञा दिएका छन् ।

    उनले एमालेले दिएको प्रधानमन्त्रीको पदबाट राजिनामा समेत माग गरेका छन् ।

    उनले लेखेका छन्,

    ‘२०७९ पुस १० गते १६९ सांसदको समर्थनमा प्रधानमन्त्री भएका थियौ। फागुन १५मा आइपुग्दा ७८ं+१४=९२ जनाको समर्थन फिर्ता भएको घोषणा भइसकेको थाहा भएकै होला १ यसमा १९ जनाको तर्फबाट मन्त्री हुनेहरूले राजिनामा दिएर बाहिरिएको एक महिनाभन्दा बढी नै भएको सम्झना रहेको होला नै १ अब बाँकी रह्यो ७९ मात्रै।

    प्रधानमन्त्री बन्न र निरन्तर हुन १३८ जनाको साथ र समर्थन निरन्तर हुनैपर्छ। अब सुन्तला प्रजातिबाट नियुक्त भएर मुन्तला प्रजातिको भएँ भन्ने स्वघोषणा स्वयंमा अवसरवाद, नांगो धोका, बेइमानी र महाठगी एवं पातकी काइदा हो।

    कमसेकम दुई महिनाअघि हामीले दिएको पदबाट राजिनामा गरेर यस्तो अनैतिक धृष्टता, फट्याइँ र धोकेबाजको कलंकको कीर्तिमानी तेज धावकको परिचय बदल्ने हो कि ? हुन त दुधको साक्षी बनेको लोभी बिरालो म्याउँ गरिरहेका बेला यस्तो सुझावको के मतलब होला र ?

    नियुक्तिकै संख्या र धरातल भासिएको आजको बेला पुरानो नियुक्तिको पद त्याग गर्ने हिम्मत त कसरी गरौला रु तर छेपारे प्रवृत्तिको नयाँ बाहक बनेर के गरिरहेको यो रु एक सय मुसा हजम गरेर बिरालो हज गर्न बाटो लागेजस्तो बेशरम त नहुनु नै उचित होला। र, रंग फेरिरहे छेपाराको पनि इज्जत जो हुन्छ, सोलाई माटोमा त नमिलाउने हो कि ?


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend