काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले यसअघि घोषणा गरेको लाभांश परिवर्तन गरेको छ । यसअघि माघ २३ गतेको बैठकबाट आव २०७८–७९ को नाफाबाट २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय भएको थियो ।
तर राष्ट्र बैंकको चैत १५ गतेको पत्र अनुसार १४.२८५७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७१४३ प्रतिशत नगद लाभांश गरी कूल १५ प्रतिशत लाभांश स्वीकृत भएको सीईओ बद्रीप्रसाद दुलालले जनाएका छन् ।
कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि लाभांश शेयरधनीहरुले पाउने छन् ।