बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

सरकारमा पठाउने मन्त्रीहरुको मापदण्ड बनाउन सभापति देउवा सकारात्मक

सरकारमा पठाउने मन्त्रीहरुको मापदण्ड बनाउन सभापति देउवा सकारात्मक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मापदण्डका आधारमा मन्त्री पठाउन सकारात्मक देखिएका छन् । सरकारमा पठाउने मन्त्रीहरुको मापदण्ड बनाउन देउवा सकारात्मक देखिएका हुन् ।

आज (मंगलबार) देउवालाई भेट्न पुगेका केन्द्रीय सदस्य प्रकाश रसाइली स्नेहीले मापदण्ड बनाएर मात्रै मन्त्री बनाउनुपर्ने सुझाव दिएका थिए । प्रतिउत्तरमा देउवाले मापदण्ड बनाउन आफू सकारात्मक रहेको बताएको स्नेहीले भने ।

स्नेहीले भने, ‘उहाँले ठीक छ, उपसभापति र महामन्त्रीहरुसँग सल्लाह गर्छु भन्नुभएको छ ।’

सरकारमा सहभागी हुने मन्त्रीहरुले हरेक तीन महिनामा सुधारका कामहरू सार्वजनिक गर्नुपर्ने मापदण्ड बनाउन सभापतिलाई सुझाव दिएको उनले बताए ।

स्नेहीले पार्टीमा गुट नभनि क्षमताको आधारमा मन्त्री बनाउन र नयाँ अनुहार, समावेशीता, भिजन प्रस्तुत गर्ने सक्ने सांसदलाई प्राथमिकता दिन आफूले आग्रह गरेको बताए ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend