
काठमाडौँ । प्रतिनिधिसभाको बैठक आगामी चैत ५ गतेसम्मका लागि सारिएको छ ।
आज दिउँसो १ बजे बस्ने भनिएको बैठकको समय परिवर्तन भएको संघीय संसद सचिवालयले जनाएको छ ।
आज दिउँसो १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारण सो समयमा बस्न नसक्ने भएकोले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले सभाको बैठक चैत ५ गते आइतबार दिनको १ बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसद सचिवालयले जनाएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend