logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • मनाङमा ट्राफिक नियमसम्बन्धी सचेतना

    मनाङमा ट्राफिक नियमसम्बन्धी सचेतना

    1K
    Shares
    मनाङमा ट्राफिक नियमसम्बन्धी सचेतना

    मनाङ । हिमाली जिल्ला मनाङमा सवारीसाधन आवागमन हुने समय भएपछि सडक सवारी तथा ट्राफिक नियमसम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको छ । हिउँदयाम सकिन लागेपछि सवारीसाधन आवागमन बढ्ने भएकाले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय मनाङले सचेतनामूलक कार्यक्रम गरेको हो ।

    नासों गाँउपालिका–३ स्थित बेँसीसहर–मनाङ सडक खण्डमा गुड्ने सवारी चालक, सहचालक, स्थानीयसमेतको सहभागितामा सचेतना कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख एवं प्रहरी नायब उपरीक्षक नवीन भण्डारीले जानकारी दिए । “इलाका प्रहरी कार्यालय धारापानीको आयोजनामा ट्राफिक नियमसम्बन्धी सचेतनामूलक कार्यक्रम गरी चालक, सहचालक र स्थानीयवासीलाई सचेत गराइएको हो”,भण्डारीले भने, “जोखिम सडकमा यात्रा गर्दा सचेतना बढी अपनाउनपर्ने हुन्छ । यसलाई प्राथमिकतामा राखेर कार्य गरिरहेका छौँ ।”

    वर्षायाम सुरु हुन लागेकाले जिल्लामा सवारी आवागमन बढ्ने उनले बताए । दुर्घटनारहित सुरक्षित यात्रा गर्ने वातावरण बनाउन आवश्यक रहेको उनको भनाइ छ । हिउँदमा चिसो छल्न जिल्ला बाहिर गएका जिल्लावासी फर्किने क्रम सुरु भएको छ । यसले गर्दा अब जिल्लामा सवारी आवागमन र पर्यटक आउने उपयुक्त मौसम सुरु भएकोले पर्यटक सवारी बढ्न सक्ने हुँदा सुरक्षित बनाउन सचेतना कार्यक्रम गरिएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend