बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

जनमत बढेकाले एमाले झन् बलियो भएको छ : ज्ञवाली

जनमत बढेकाले एमाले झन् बलियो भएको छ : ज्ञवाली

तनहुँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमाले सत्ता बाहिर हुँदा झन् बलियो भएको बताएका छन् । एमाले तनहुँले बन्दीपुरमा आज गरेको जिल्ला कमिटी स्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उपमहासचिव ज्ञवालीले यस्तो बताएका हुन् ।

उनले एमालेको जनमत बढेकाले झन् बलियो भएको बताए ।

एमाले सरकार बाहिर हुँदा देशमा नयाँ अस्थिरता छाएकाले एमालेप्रति नै जनताले भरोसा गरेकाले पार्टी बलियो बनेको उनको भनाई छ । परिवर्तनलाई रोक्नका लागि यथास्थितिवादीले षडयन्त्र गरेकाले गठबन्धन भत्किएको उनले बताए ।

एमालेको सहयोगबाट प्रधानमन्त्री बनी गठबन्धनको सबैभन्दा बढी लाभ लिएको पुष्पकमल दाहाल प्रचण्डले नै गठबन्धनका सहयात्री दललाई धोका दिएको उनले आरोप लगाए ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend