नयाँ विकसित राजनीतिक घटनाक्रम, राष्ट्रपति निर्वाचन र केही दिन अगाडि मात्रै सरकारबाट बाहिरिने निर्णय गरेको प्रमुख सत्तासाझेदार दल नेकपा एमालेको अबको भूमिका लगायतका विषयमा केन्द्रीकृत रहि नेपाल कम्युनिष्ट पार्टी एमालेका प्रभावशाली नेता, प्रतिनिधि सभा सदस्य तथा पोलिटब्यूरो सदस्य सूर्य थापासँग सुनौलो नेपालसँग गरिएको कुराकानीको सम्पादित अंश:
वाम सत्तागठनको प्रमुख साझेदार सहयात्री एमालेलाई प्रचण्ड नेतृत्वको सरकारबाट दुई महिना नबित्दै बाहिने निर्णय लिन के कुराले बाध्य बनायो ?
हामीले सरकार छोड्नुपर्ने परिस्थिति सिर्जना गरियो । न्युनतम दुई वर्षलाई सरकार चलाउने सहमति गरेका थियौं, त्यहीँ सहमतिका आधारमा सरकार गठन भएको थियो । तर नेपालमा अस्थिताको विभिन्न तुरुपहरु छन्, ती तुरुपहरुको घटजोडको कारणले पुष १० गते बनेको गठबन्धनमा संकट उत्पन्न हुन पुग्यो । पुरानो सहमति कार्यान्वयन हुन स्थीति देखिएन्, त्यसले नैतिक धरातल गुमाईसकेपछि राजनैतिक र नैतिक रुपमा पनि सरकारमा बसिरहनु उचित नहुने देखेर हामी सरकारबाट बाहिरिने निर्णयमा पुगेका हौँ ।
राष्ट्रपतिको विषयमा कुरा नमिलेपछि तपाईहरुबीच नोकझोकको स्थिति सिर्जित हुनपुगेको हो भनेर समाचारहरु सम्प्रेषित भइरहेका छन्, खास कुुन कुरा चाँहि के भएको हो ?
राष्ट्रपतिको निर्वाचनसँगै अन्य थुप्रै विषयवस्तुहरु पनि थिए । मुख्य कुरा हामीसँग पहिले गरिएको सत्ता साझेदारी सहमति नै हो । त्यसलाई बाईपास गरेर जान थालियो । सरकारमा एमालेका मन्त्रीहरु अपमानजक व्यवहार प्रदर्शन गरिन थाल्यो । मन्त्रीपरिषद्ले निर्णय गरिसकेको परराष्टमन्त्रीको जेनेभामा संयुक्त राष्ट्रसंघको जाने र सम्बोधन गर्ने कार्यक्रम पनि रोकिएको थियो । यस्ता विभिन्न कुराहरु थिए । जसको कारणले राजनैतिक, नैतिक कुनै हिसाबले पनि सरकारमा बसिरहनु उचित थिएन् । पार्टीको सचिवालयले यी सबै कुराहरुलाई मध्यनजर गरेर सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
नेपाली राजनितिमा सहमति गर्न पनि हतार गर्ने र तोड्न पनि उत्सर्ग हुने प्रवृति हावी देखिन्छ, नेपाली राजनितिमा नैतिकता हराउँदै गएको र नेताहरुको दूरदर्शीता, परिपक्वतामा समेत उदाङ्गो हुँदै गएको छ नि ?
नेपाली राजनितिमै नैतिकता छैन् भन्नु अनुचित हुन्छ । धेरै नेताहरु अहिले पनि नैतिकवान् हुनुहुन्छ । नैतिकता, इमान, इज्जत केहीपनि नरहेको चाहिँ पुष्पकमल दाहालजीको हो । अरुको पनि होलान्, कमिबेशी होला तर सतप्रतिशत फ्रड, अनैतिक, अविश्वसानीय, रंग फेर्ने माहिर चाहिँ पुष्पकमल दाहाल नै हो । बिरालो त किनेर पाल्नुपर्दैन् नि त । कचौंरामा दुध र भात राखिदिने हो भने छिमेकीको बिरालो पनि आएर घरकै बिरोलो जस्तो गरिहाल्छ नि । दई महिना प्रचण्डले त्यही गर्नु भा हो, उहाँलाई देशमा स्थीरता गरौँ, देश राम्रोसँग चलाउ, आर्थिक रुपमा जरजर अवस्थालाई मध्यनजर गरेर आर्थिक संकटहरु सामना गर्ने उपायहरु अपनाउ भन्ने केहीपनि जिम्मेवारीबोध छैन् । उहाँ प्रधानमन्त्री हुनुभो, यी सबै स्थीतिमा म धेरै बाँठो मान्छे हुँ भन्ने प्रस्तुत गर्नु भा छ, तर काग धेरै बाँठो के के हुन्छ भनिन्छ नि त ।
एकतर्फी रुपमा नेकपा माओवादीका मात्रै दोषी त नहोला नि, तपाईहरुबाट पनि केही त्यस्ता कमिकम्जोरीहरु त पक्कै हुन पुगेका होलान् नि ?
सरकारको न्युनतम साझा कार्यक्रम बनेको थियो । गठबन्धन बनेको थियो । ३२ सिटलाई चाँहि ७८ सांसद् दिएर चाँहि मेजुरिटी पु¥याउने काम भएकै हो । एमालेको साईडबाट कुनै समस्या थिएन्, होईन् । समस्य पुष्पकमल दाहालको चिन्तन, प्रवृत्ति र व्यवहारमा हो ।
नेकपा माओवादी केन्द्रसहित आठ दलको समर्थनमा नेपाली कांग्रेसले राष्ट्रपति पदमा उम्मेदवारी दिईसकेपछि तपाईहरुलाई राष्ट्रपति उम्मेदवार उठाउनुपर्ने नैतिक दवाव परेको त होइन् नि ?
एमालेलाई नैतिक दवाव होइन् । एमालेले स्वभाविक उम्मेदवारी दिएको हो । काँग्रेसले खासमा राष्ट्रपति पदका लागि ढोक्सा थापेको हो । अहिले त्यो खोल्सीमा अलि पानी आएजस्तो अनुभव गरिरहेको हो । आठ दलीय जमघट बनेको छ भन्ने खालको अनुभूति गरिराखेको छ । एमालेले त पुष १० मै राष्ट्रपतिको उम्मेद्वार दिने, राष्ट्रपति र सभामुख एमालेबाट हुने भन्ने त्यो गठबन्धनको समझदारी अनुसार नै निर्णय गरेको हो नि त । गठबन्धनबाट भागेर को काहाँ पुगे त्यो तीनीहरुको विषय हो,त्यो एमालेको मुद्दा होइन् ।
अहिले प्रधानमन्त्री प्रचण्ड र तपाईंहरुकाबीचमा सत्ता स्वार्थ नमिले लगत्तै वाक युद्ध नै सुरु भएको छ, अब कांग्रेस र एमाले बीचको सहकार्यको सम्भावना कत्तिको देख्नुहुन्छ नि ?
यी चाँही इमान,जमान,मूल्यमान्यता केही इज्जत नभएका, ससानो अस्तित्व रक्षाको संकटले छट्पटिएका,समूहहरुलाई बोक्दै हिड्नु हुन्न, नेपाली कांग्रेस र एमाले मिलेर अगाडि बढ्नुपर्छ भन्ने अभिमत पार्टीभित्र नभएका पनि होइनन् । हामीले पनि त्यो भन्दै आएका थियौँ । तर पार्टीले स्थिरताको सर्तमा, अहम् पार्लियामेन्टको संरचना आईसकेपछि देशमा सरकार बनाउने कुरामा जिम्मेवारीबोध गर्नैपथ्र्यो । अब माओवादीलाई प्रधानमन्त्री दिएर भएपनि देशमा स्थिरता हुन्छ भने पनि होस् भनेर एउटा गठबन्धनको कोसिस गरेको हो । माओवादीसँग पार्टी एकता गरेर बलियो कम्युनिष्ट पार्टी बनाउने,देशलाई बलियो सरकार दिने, माओवादीलाई सरकार केन्द्रीत गठबन्धन गरेर देशलाई स्थिर सरकार दिने, गठबन्धनलाई पाँच बर्ष कायम गर्ने जुन हामीले विगतदेखि नै कोेसिस ग¥याथ्यौँ, यी दुईटै प्रयोग असफल भए । वास्तवमा पुष्पकमल दाहाल प्रचण्ड चार आनामा पनि, सुका पैसामा पनि विश्वास गर्न नसकिने पात्र हुनुहुन्छ भन्ने चाँहि उहाँले दुवै पटक देखाउनु भयो । पहिले पार्टी कब्जा गर्न खोज्नु भयो सक्नु भएन् । अन्तिम मौका दिएको हो, त्यो मौकामा पनि उहाँले आफ्नो असली चरित्र देखाउनु भयो । अहिले बजारमा निकै चर्चित छ नि, छेपारो र पुष्पकमल मध्ये कले रंग फेर्न जित्छ भन्दाखेरी छेपारोले पनि होईन् पुष्पकमल जित्नु हुन्छ भन्ने खालका टिप्पणी चर्चा गर्न थाल्या छन् नि त, त्यसकारण यो छेपारे प्रवृत्तिको त राजनितिमा के अर्थ हुन्छ र ? यद्यपि,काँग्रेस र एमाले मिलेर देशलाई बलियो र स्थीर सरकार दिउँ भनेर हामीले पहिल्यै भनेको हो नि । काँग्रेस त्यस्तो सोच्ने स्थीतिमा अहिले नै छैन् ।
तपाईंले त पहिलेदेखि नै प्रधानमन्त्री प्रचण्डलाई बनाउनु हुदैन् म समर्थन गर्दिन् पनि भन्दै आउनु भएको थियो नि, होइन् ?
मैले पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन हुन्न भनेको हो । तर पार्टीले निर्णय गरिसकेपछि पार्टीको सांसद्का हिसाबले निर्णय मान्नैपर्ने हुन्थ्यो । प्रचण्ड लिएर हिड्दाखेरि के हुन्छ, त्यसको क्षेती के हुन्छ । उपलब्धी के हुन्छ भन्ने बहस, छलफल भएकै हो, उनी चेतिए, पाठ सिके भनेचाँहि अन्यथा नहोला, देशलाई स्थीरता दिन सकिन्छ, सरकार दिन सकिन्छ भन्ने खालका कुरामा छलफल भएकै हो । तर पार्टीले संस्थागतरुपमै उनलाई प्रधानमन्त्री बनाउने निणर्य गरेर अघि बढेको हो । तर उनी विश्वासघाती, बेईमानका रुपमा प्रस्तुत भए,बेइमानको औषधी के हुन्छ र ?
राष्ट्रपतिमा निर्वाचनमा कस्ले जित्नु हुन्छ भन्ने लाग्छ नि ?
सुवास नेम्वाङ् हाम्रो पोटेन्सियल उम्मेदवार हुनुहुन्छ, उम्मेदवारको सम्भव व्यक्तित्व हो भनेर त डे वान देखि नै उहाँको बारे चर्चा भएकै हो नि । अहिले पार्टीले सुवासजीलाई नै अघि सारेको छ । के सुवास नेम्वाङ कभजोर पात्र हो त ? कमजोर क्षमता हो त उहाँको ? केही पनि होइन् नि । उहाँ हर हिसावले राष्ट्रपतिको जिम्मेवारी बहन गर्न सक्ने हैसियतको व्यक्तित्व हो । एमालेको उम्मेवार नै जित्ने, सक्षम, हेबिवेट भएको पात्र हो नि त । उहाँ भन्दा योग्य अरु होइनन् नि त ।
त्यसो भएको हुनाले एमालेले जित्छ अहिले । गठबन्धन हुनेबितिक्कै गठबन्धनभित्र सरलक्क देशभरी गठबन्धनले नै चुनाव जित्या अवस्था छ त ? मेजोरेटी ल्या छ त ? पाँच दलीय गठबन्धनले देशभरीका १६५ वटै निवार्चन क्षेत्र जित्या त छैनन् नि । त्यसकारण राष्ट्रपति चुनावमा त्याँ विवेकको प्रयोग हुन्छ । यो गोप्य मतदान हो । यो खुला मतदान होईन् । त्यसकारणले रामचन्द्र पौडेलजी जितिहाल्नु हुन्छ, र सुवासचन्द्रजी हारिहाल्नु हुन्छ भन्ने खालको जुन न्यारेटिभ, जुन भाष्य प्रयोग गर्ने जुन वातावरण, माहोल बनाउने कोशिस भईरा छ, यो बेकार छ । राष्ट्रिय सभा, प्रतिनिधि सभा र प्रदेश सभाका सदस्यहरुले विवेक पु¥याउँछन् भन्ने कुरा हो । पुष्पकमल दाहाल प्रधानमन्त्री हुनुभो त्यहीँ समुदायबाट राष्ट्रपति किन हुनुप¥यो फेरि ? तराई मधेसबाट डा.रामवरण यादव पहिलो राष्ट्रपति हुनुभो । आधा आकाशको तर्फबाट महिला राष्ट्रपति विद्यादेवी दोस्रो हुनुभो । देशको सप्तरंगी विविधतालाई मध्यनजर गरेर सुुवास नेम्वाङ् तमाम आदिवासी जनजातीको प्रतिनिधीका रुपमा तेस्रो राष्ट्रपति हुँदा भोलीको पुस्तालाई पनि त ओहो हाम्रा संसदहरुले न्यायोचित निर्णय ग¥यारहेछन् भन्ने हुन्छ नि त । ईतिहास पनि सही लेखिन्छ नि त । त्यो न्यायोचित पनि हुन्छ नि त । रामचन्द्र पौडेलजी अयोग्य हो म भन्दीन् । बेकार हो पनि भन्दीन म । तर सभामुख कस्तो चलाउनु भा हो भन्ने ट्याक रेकर्ड त थाह छ,कस्तो चलाउनु भा थ्यो भनेर । त्यसैले दुई जनाको तुलना गर्नुस न रामचन्द्र र सुवास नेम्वाङ्को । सुवासजी हेबी वईट र रामचन्द्रजी लाईट वईट हुनुहुन्छ, तुलना नै हुँदैन । राष्ट्रपतिमा एमालेले जित्ने पुरा विश्वास छ, आशा होईन् नि, एमाले नै जित्छ, पूर्ण विश्वास छ । राष्ट्रपतिको निर्वाचनमा ठूलो संख्यामा महिला, आदिवासी, दलीत, सीमान्तकृत, जनजाती समुदायहरु, पछाडिपरेको समुदायहरु जो हुनुहुन्छ उहाँहरुले निकै ध्यानपूर्वक निर्णय गर्नुहुन्छ भन्ने लाग्छ, मलाई । राष्ट्रपति निर्वाचनमा हुईप लाग्दैन् । हुईप लाग्नु संविधान कानुन विपरित हुन्छ, संविधानविपरित हुन्छ । कुनै पार्टीका मान्छेले हुईप लाउँछौ भनेर खोक्नु भएजस्तो मैले देखेँ, राष्टप्रमुख छान्ने कुरा महत्वपुर्ण छ । तराई समुदायबाट डा. रामवरण यादव पहिलो राष्ट्रपति भईसक्नु भयो, तमाम महिलाहरु तर्फबाट विद्यादेवी भण्डारीले प्रतिनिधित्व गरिसक्नु भयो र अब सम्पूर्ण जनजाती र पिछडिएका समुदायको प्रतिनिधिका रुपमा राष्ट्रपतिमा सुवास नेम्वाङ् जित्नु हुन्छ, यो विवेकको परिक्षा हो, विवेकको फैसला हुन्छ, तीनै सभाका संसद्हरुले विवेक प्रयोग गर्नुहुन्छ, रामचन्द्र पौडेलको अहिले काउनडाउन १८ औं हुन्छ ।
१७ चोटी प्रधानमन्त्रीमा हार्नु भयो, यो चाँहि राष्ट्रपति पदका लागि योग्य हुन्छ, यो त राष्ट्रपति पदकोे पनि मर्यादा भएन के, १७ पटक प्रधानमन्त्रीमा हार्ने, दुई सय भोट कटाउनु नपर्ने, फेरी १८ औं पटकमा राष्ट्रपतिमा लड्ने, यो चाँहि मिलेन्, नमिल्या कुरा मिलाउँदै जानुपर्छ ।
नेपाली काँग्रेसले ढोक्सा थाप्न आएजस्तै गरी फेरी तपाइँहरु पनि अर्को दाउपेजमा लाग्नु हुन्छ कि ?
यो ढोक्साको पोल्टिक्स गर्नु हुन्न, हामी चाँहि काले काले मिलेर खाउँ भालेको भनेजस्तो जुन बनेको थियो त्यो लाई बलपूर्वक हामीले विस्थापित ग¥याथ्यौं । त्यो दुई महिना टिक्यो । उहाँहरुले अर्थतन्त्रलाई जरजर चौपट गर्नुभाछ । बदनाम गठबन्धनको सरकार चलाउनु भा छ । विकास निर्माणमा ठप्प भा छ । यस्तो स्थीतिमा हामी प्रमुख प्रतिपक्षमा बसेर शसक्त, प्रभावकारी र बलियो प्रतिपक्षको भूमिका खेल्छौं ।
तपाइँहरुसँगको सत्ता सहकार्यमा प्रधानमन्त्री पुष्पकमल दाहाल लाई किन कम्फोर्र्टेबल फिल हुन सकेन नि ?
एमालेसँगको गठबन्धनमा प्रचण्डलाई सबैथोक कम्फोर्टेबल भएन होला । मुख्य कुरा उहाँ डराएर,देशी विदेशी प्रतिक्रियावादीहरुले जुन दवाव दिए यो गठबन्धन छोड्न,ज्यानको सुरक्षाको कारणले,राजनैतिक सुरक्षाको कारणले, हिजो आफैँले बुझाएका कबुलियतनामाहरुको कन्टेण्ट हेरेर,त्यसमा आफ्नै हस्ताक्षर देखेर, विदेशीहरुसामु उहाँ लुत्रुक्कै पर्नु भा हो । एमालेले केही पनि प्रभाव पारेन्, देशीविदेशी शक्तिहरुले जुन ढंगले आतंकित पारे,आत्मसुक्षावादी कायरताका कारणले प्रधानमन्त्री मात्रै टिक्ने,सबै मिथ्या, सारा जगत मिथ्या प्रधानमन्त्री पद सत्य भन्ने बाटोमा जानु भयो । ज्यानकै असुरक्षाको अनुभूति गरेर जीवित हुँदाहुँदै मृत्युको बाटो हिड्नु भा हो । नागरिकता विधेयक फास्ट् ट्¥याँकबाट पास गराउने कोशिसमा उहाँ लाग्नु हुन्छ, जे–जे आदेश हुन्छन् जता जता बाहुन बाजे उतै उतै स्वाहा भन्या जस्तो, जता–जता प्रभुका आदेश आउँछन् त्यँही स्वाह भन्दै हिड्नु हुन्छ ।
अहिलेको राजनैतिक उथलपुथल पश्चात् प्रधानमन्त्री पुष्पकमल दाहालको राजनैतिक प्रतिष्ठामा के कस्तो क्षेती आँच पुग्छ जस्तो लाग्छ तपाईलाई ?
नेपालमा सबभन्दा फटाह मान्छे को हो भन्दा प्रचण्ड हो भन्न थाले नि मान्छेहरुले । सबभन्दा बेइमान को भन्दा पुष्पकमल दाहाल भन्न थोले । सबैभन्दा अविश्वसनीय को भन्दा पुष्पकमल भन्न थाले, सबैभन्दा रंग फेर्न, काँचुली फेर्न को भन्दा पुष्पकमल दाहाल भन्न थाले । सबैभन्दा अवसरवादी, पद लोलुप को भन्दा पुष्पकमल दाहाल भन्न थाले नि । सिङ्गो राजनितिलाई उहाँले बद्नाम गर्नुभो । यसलाई राजनैतिक वेष्यावृत्ती भन्न थाले नि मान्छेहरुले ।
एमालेले देशभक्तिपूर्ण अडानका लागि जे जे काम गर्दै आएको थियो त्यसलाई विद्रुरुप बनाउने,गिजोल्ने,असफल पार्ने, रोकेका चिजलाई अगाडि बढाउने,नेपाल रहोस् कि नरहोस् उहाँलाई के मतलब भयो र ? आफूपछि जेसुकै होस् भन्ने हो उहाँको, उहाँलाई देशको, समाजको कुनै लाज कुनै मतलबै छैन् ।
एक पितको पनि ईमान बाँकी भए एमाले,राप्रपा र रास्वापा लगायतका दलहरुले सरकार छाडिसकेको अवस्थामा प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ, नयाँ सरकार गठनमा जानदिनुपर्छ, छेपारो र पुष्पकमल दाहालबीच प्रतिस्पर्धा भए पुष्पकमल दाहालले जित्छ भन्न थाले नि मान्छेहरु, यो छेपारे प्रवृत्तिको के अर्थ हुन्छ र राजनीतिमा ।
तपाईकै शब्द साँपटी लिएर भन्दाखेरी अस्थिर प्रचण्ड को अवको राजनैतिक भविष्य चाँहि कस्तो हुन्छ भन्ने लाग्छ यहाँलाई ?
सत्र चोटी प्रधानमन्त्रीमा हार्नेलाई उहाँले राष्ट्रपति बनाउन खोज्नु भा छ, सत्र हजार जनता मारेर आँफू आउनु भा छ, टाउकाको मूल्य तोक्ने र टाउकाको मूल्य तोकिने, सत्रचोटी हार्ने, सत्र हजारको बली चढाउने,के यहि अवस्था ल्याउनका लागि देशलाई पँचास वर्ष पछाडि धकेलिएको थियो, हजारौंको ज्यान जाने युद्ध गरिएको हो ? विदेशीको ईसारामा उहाँले जे पनि गर्नु हुन्छ । मान्छे मारेर, रगतको खोलो बगाएर यो ठाँउ आएको उहाँले जे पनि गर्नु हुन्छ । मुल्यमान्यता, कानुन, संविधान,मर्यादा, देशको प्रतिनिधित्व, इज्जत, सम्मान, स्वाभिमान, कुनै ख्याल गर्नु हुदैन् । तर जनताले पुष्पकमल दाहाललाई यो सबै गर्न धेरै पर्खदैँनन् । जनताले हस्तक्षेप गर्छन् । उहाँले केही थेग्न सक्नु हुन्न् । उहाँको कुनै लेजिबिलिटी छैन् । काँग्रेसले, अरु दलले दया गरेर विचरा जम्मा ३२ सिट छ । ५।६ सिट हो आफ्नो शक्ति चाँहि माओवादी केन्द्रको भनेको । उहाँले अहिले जुन जनतामा बढिरहेको निरासा छ नि योलाई थेगिसक्नु हुन्न । जनतामा चरम निराशा छ, आर्थिक अवस्था जर–जर छ । अलिकति आशाको संचार भएको थियो पुस १० गते पछि उहाँले त्यसमा चिसो पानी खन्याउनु भयो । अहिले उहाँले एमालेलाई देखाए भन्नु हँुदैछ । खासमा दूरदशा उहाँले आफ्नै देख्नु हुन्छ । उहाँ दूर्दशातर्फ, अध्याँरो सुरुङ्गतर्फ प्रवेश गर्नुभाछ । उहाँ ठूलो संकटबाट गुज्रिनु भा छ । यो संकटको प्रस्थान विन्दूबाट अगाडि बढ्नु भाछ । र प्रचण्डले सम्हाल्न नसकेपछि कसैले उहाँलाई कठै भन्छन् ? सबैभन्दा बेहाल स्थीति उहाँको हुन्छ, मलाई लाग्छ जनताले प्रचण्डलाई अन्तिम कारवाही गर्छन् ।
विगतमा तपाईहरुले प्रतिपक्षमा बसेर खासै प्रभावकारी भूमिका खेल्नसक्नु भएन भनेर आलोचना पनि कदाकता हुने गरेको थियो, अब नेकपा एमालेको संसद्मा भूमिका कस्तो हुन्छ ?
नेकपा एमालेले सधैं प्रतिपक्षमा बसेर प्रभावकारी भूमिका खेलेको छ । अझ पनि निरन्तर रुपमा खेल्छ,एमालेले संसद्को गरिमा बढाउँदै जनताको नासोलाई प्रभावकारी रुपमा अगाडि बढाउने प्रयासमा गर्छ । नेपाली जनताको सार्वभौम सत्ताको छलफल हुने यो थलोलाई त्यसअनुरुप नै प्रभावकारी र शसक्त प्रतिपक्षको भूमिका रहेर निर्वाह गर्छ । नेकपा एमाले रचनात्मक प्रतिपक्षको भूमिका खेल्छ, सरकारका कानुनविपरित र जनभावनाविपरित गलत कामहरुको विरोध र भण्डाफोर गर्छ । हामी सरकारका राम्रा कामहरुको विरोध गर्दैनौँ ।