काठमाडौं । गीतकार नारायण कंडेल नाट्यस्वर संगीत बर्षबाट सम्मानित भएका छन् । उनले नेपाली गीत संगीत र साहित्य क्षेत्रमा पुर्याएको योगदानको सम्मान गर्दै नाट्यश्वर कला केन्द्र तथा ईभेन्ट म्यानेजमेण्टको आयोजनामा रहेको नाट्यश्वर म्युजिक अवार्डको तेश्रो संस्करणको अवसरमा ‘बर्ष संगीत सम्मान २०७८-७९’ बाट सम्मान गरिएको हो ।
बाग्लुङ जिल्लाको काठेखोला ५ बिहुँ करलिममा जम्मिएका उनी हाल जापानमा छन् । जापानलाई कर्मथलो बनाएपनि कंडेल नेपाली लोक संगीत र साहित्यलाई लाई माया गर्दै सांगीतिक क्षेत्रमा आफनो छुटै पहिचान स्थापित गर्न सफल व्यक्तित्वका रुपमा परिचित छन् ।
उसो त गीत संगीतमा प्रवासबाट उल्लेखनीय भुमिका निर्वाह गरिरहेका कलाकारहरु धेरै छन । त्यसमध्ये पनी कंडेलका शब्दहरुमा राष्ट्रीयता, परदेशीहरुका वास्तविक जिवनी, मायाँ प्रेमको गहिराई होस वा समाज हरेक कथा जिवन्त लेख्ने खुविले नै उनका शब्द हरेक गीतप्रेमीहरुको मनमा सजिलै बसेको छ ।
कंडेलका गीत श्रोताहरुको प्रतिक्षा र रोजाईमा पर्दै आएको छ । अंकगणीत र सस्तो लोकप्रियतामा नरमाउने उनी आफ्ना सिर्जनाका स्थाई प्रशंसक बनाउन रुचाउने मध्यमा पर्दछन् ।
पानी र झुल्के घाम देखी गाँउमा कुरा चल्छ, मनमा पिडाछ होला, यस्तैछ कहानी परदेशीको का ४ भाग, राष्ट्रीयगीत तथा आधुनिक गरी ६ वटा गीत समावेश गरिएको सलामी नामक एल्बम, तिनै दिन रमाईला, हाँसी-हाँसी, आफ्नोपन, गल्ती, लगाएत पञ्चेबाजा ,टेली चलचित्र, भजन गरी लगभग ५ दर्जन गीत बजारमा छन। उनको भर्खरै मात्र बजारमा आएका चिसो सिरानी र र पिडाछ साथी पिडा पनी चर्चामा छन।