काठमाडौं । यूएईमा भइरहेको आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत जारी शृखंलाको आफ्नो तेस्रो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) ले जितका लागि १८० रनको लक्ष्य पाएको छ ।
दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेमो पीएनजीले ४९.२ ओभरमा सबै विकेट गुमाएर १७९ बनायो ।
पीएनजीका लागि ओपनर टोनी उराले सर्वाधिक ३९ रन बनाए । हिरी हिरीले ३१ र किप्लिन डोरिगाले २६ रन जोडे ।