बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

सुदूरपश्चिममा सत्ता गठबन्धनको अभिमुखीकरण सुरु

सुदूरपश्चिममा सत्ता गठबन्धनको अभिमुखीकरण सुरु

कैलाली । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनलाई केन्द्रित गरेर सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनको अभिमुखीकरण सुरु भएको छ । नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे लगायतका नेताहरूको उपस्थितिमा बैठक सुरु भएको हो ।

केन्द्रको ८ दलीय गठबन्धनको निर्णय अनुसार आज कैलालीको गोदावरीस्थित शालिनी बाटिकामा सत्ता गठबन्धनको बैठक सुरु भएको हो । कांग्रेस, माओवादी नागरिक उन्मुक्ति र नेकपा एकीकृत समाजवादीका सांसदहरू उपस्थित छन् ।

राष्ट्रपतिमा सत्ता गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेलको पक्षमा मतदान गराउन आज ४ दलका सांसदहरूलाई प्रशिक्षण भइरहेको छ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend