काठमाडौँ । सरकारले दूधको मूल्य वृद्धि गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएको हो ।
किसानले पाउने दूधको न्यूनतम मूल्य अब प्रतिलिटर ५६ रुपैयाँ ४० पैसाबाट बढेर ६५ रुपैयाँ ५० पैसा बनाउने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।
किसानले दुधको मूल्य बृद्धि गर्न माग गरिरहेको समयमा सरकारले किसानको हितलाई ध्यानमा राखी दुधको मूल्य बृद्धि गरेको हो । दुधको मूल्य बृद्धिसँगै उपभोक्ताको भान्सा पनि महंगो भएको छ ।