logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • एमालेले गरेका काम जनतासम्म पुर्‍याउन ‘मिसन ग्रासरुट’ : रायमाझी

    एमालेले गरेका काम जनतासम्म पुर्‍याउन ‘मिसन ग्रासरुट’ : रायमाझी

    1.3K
    Shares
    एमालेले गरेका काम जनतासम्म पुर्‍याउन ‘मिसन ग्रासरुट’ : रायमाझी

    अर्घाखाँची । नेकपा (एमाले) का केन्द्रीय सचिव टोपबहादुर रायमाझीले आफ्नो पार्टीले सरकारमा हुँदा गरेका काम जनतासम्म पुर्‍याउने उद्देश्यले ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गरिएको बताएका छन् ।

    प्रेस चौतारी नेपाल, अर्घाखाँची शाखाले सन्धिखर्कमा आज आयोजना गरेको पत्रकार सम्मलेनमा सचिव रायमाझीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने एमालेको मुख्य लक्ष्य रहेको बताए।उनले आउँदो निर्वाचनमा एमालेले बहुमत ल्याउने अभियानका साथ देशभरी ‘मिसन ग्रासरुट’ कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गरे ।

    एमालेका स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख डा राजन भट्टराईले राष्ट्रपतिको निर्वाचनमा पार्टीको ह्वीप नलाग्ने भएकाले राष्ट्रपतिमा सुवास नेम्वाङ विजयी हुने दाबी गरे । वर्तमान गठबन्धनका कारण देशमा आर्थिक सङ्कट उत्पन्न भएको उनको आरोप थियो ।

    पत्रकार सम्मलेनमा एमाले पोलिट्ब्युरो सदस्य सूर्य थापा, विमला घिमिरे, जिल्ला अध्यक्ष पिताम्वर भुसाललगायतको उपस्थिति थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend