logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • अन्तर्घात छानबिनको प्रतिवेदन सार्वजनिक हुन्छ : उपेन्द्र यादव

    अन्तर्घात छानबिनको प्रतिवेदन सार्वजनिक हुन्छ : उपेन्द्र यादव

    1.3K
    Shares
    अन्तर्घात छानबिनको प्रतिवेदन सार्वजनिक हुन्छ : उपेन्द्र यादव

    काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादले अन्तर्घात छानबिनको प्रतिवेदन सार्वजनिक हुने बताएका छन् ।
    शनिबार छानबिन समितिको प्रतिवेदन बुझ्दै उनले उक्त कुरा बताएका हुन् ।

    ‘प्रतिवेदन आगामी बैठकमा प्रस्तुत हुन्छ’, उनले भने । प्रतिवेदनले भविष्यमा अनुशासित र मर्यादित पार्टी पंक्ति तयार गर्ने र आउने पुस्तालाई मार्गनिदेश गर्ने अध्यक्ष यादवले बताए ।

    शिवलाल थापा संयोजकत्वको छानबिन समितिले गत मंसिरमा सम्पन्न निर्वाचनमा भएको अन्तर्घातको स्थलगत रूपमा तयार पारेको प्रतिवेदनमा केन्द्रदेखि स्थानीय तहसम्मका ८० जना नेता, कार्यकर्तालाई कारबाहीको लागि सिफारिस गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend