logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • नेपाल राष्ट्र बैंकको निर्देशनपछि जीवन विकास लघुवित्तको लाभांश संशोधन

    नेपाल राष्ट्र बैंकको निर्देशनपछि जीवन विकास लघुवित्तको लाभांश संशोधन

    1.3K
    Shares
    नेपाल राष्ट्र बैंकको निर्देशनपछि जीवन विकास लघुवित्तको लाभांश संशोधन

    काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश संशोधन भएको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम संशोधन गरेको हो ।

    कम्पनीको फागुन ६ गते बसेको संचालक समितिको बैठकले गत आव २०७८।७९ को मुनाफाबाट २८ प्रतिशत बोनस शेयर र ९.३६८४ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल ३७.३६८४ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो ।

    उक्त लाभांश नेपाल राष्ट्र बैंकले संशोधन गरेपछि संस्थाको फागुन १९ गते बसेको संचालक समितिको बैठकले कायम चुक्तापुँजीको २६ प्रतिशत बोनस शेयर र ७.१५ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल ३३.१५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण हुनेछ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend