बुधबार, चैत्र २० २०८१

बुधबार, चैत्र २० २०८१

आइएईएका अधिकारीलाई निरीक्षणको अनुमति दिने इरानको वाचा

आइएईएका अधिकारीलाई निरीक्षणको अनुमति दिने इरानको वाचा

एजेन्सी । इरानले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएईए) का निरीक्षकहरूलाई आफ्ना आणविक स्थल तथा जडान गरिने उपकरणको निरीक्षणका निम्ति अनुमति दिने वाचा गरेको छ । इरानी अधिकारीहरूले आफूसँग त्यस्तो वाचा गरेका आइएईएका प्रमुखले बताएका हुन् ।

संयुक्त राष्ट्रसङ्घीय निकाय आइएईएका महानिर्देशक राफेल मारियानो ग्रोसीले शनिबार इरानका राष्ट्रपति इब्राहिम रायसी र अन्य उच्च अधिकारीसँग भेटवार्ता गरेका थिए ।

सोही क्रममा उनीहरुले आइएईएका निरीक्षणकर्तालाई सम्बन्धित स्थानमा पहुँच दिने वाचा गरेको महानिर्देशक ग्रोसीले आज पत्रकारहरूलाई जानकारी दिए । विगतमा राष्ट्रसङ्घीय निकायलाई ती स्थानमा इरानले पहुँच दिन अस्वीकार गरेको थियो ।

इरानले के कस्ता उपकरण पुनस्थापना गर्छ भन्ने विस्तृत जानकारी भने महानिर्देशक ग्रोसीले दिएनन् । यद्यपि, उनले विगतका अवरोध क्रमशः पन्छिदै गएका र केही ठोस कार्य गर्नचाहेको इरानी सङ्केत आफूले पाएको बताए। उनले इरानको आश्वासनलाई सकारात्मक मान्नुपर्ने बताए ।

तेहरानले आफ्नो विवादित आणविक कार्यक्रमको निगरानी गर्ने आइएईएका अधिकारीलाई पहुँच दिनुपर्नेमा लामो समयदेखि राष्ट्रसङ्घले माग गर्दै आएको थियो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend