logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • अर्थतन्त्रमा देखिएका समस्या र चुनौतीको समाधान गर्न उच्चस्तरिय संयन्त्र गठन गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

    अर्थतन्त्रमा देखिएका समस्या र चुनौतीको समाधान गर्न उच्चस्तरिय संयन्त्र गठन गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

    1.5K
    Shares
    अर्थतन्त्रमा देखिएका समस्या र चुनौतीको समाधान गर्न उच्चस्तरिय संयन्त्र गठन गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्रमा देखिएका वर्तमान समस्या र चुनौतिको समाधान गर्न उच्चस्तरिय संयन्त्र बनाउने प्रतिवद्धता जनाएका छन् ।

    आईतवार आर्थिक तथा बैंक वित्तीय क्षेत्रका समसामयिक विषयमा निजी क्षेत्रका प्रतिनिधि र राष्ट्र बैंकका गभर्नरसँग छलफलका क्रममा प्रधानमन्त्री दाहालले यस्तो प्रतिवद्धता जनाएको उद्योगी व्यवसायीहरुले बताएका छन् ।

    व्यवसायीहरुले प्रधानमन्त्रीलाई अर्थतन्त्रमा देखिएका चुनौती र समस्याको विषयमा जानकारी दिएको बताए । उनीहरुले प्रधानमन्त्रीलाई पछिल्लो समय व्यवसायीहरुले बैंकको कर्जा तिर्नसक्ने अवस्था नभएकाले कर्जाको किस्ता तिर्न समयको सहजिकरण गर्नुपर्ने र कर्जा तिर्न नसक्ने वास्तविक समस्यामा सरकारले सहयोग गर्नुपर्ने माग राखेका थिए ।

    प्रधानमन्त्रीसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले वर्तमान अर्थतन्त्रमा देखिएका समस्याको समाधान गर्न उच्चस्तरिय संयन्त्र गठन गर्ने प्रतिवद्धता प्रधानमन्त्री दाहालले जनाएको जानकारी दिए ।

    उनले निजी क्षेत्रको तर्फबाट प्रधानमन्त्रीलाई बैंकको कर्जाको किस्ता तिर्नसक्ने अवस्था नभएको, बैंकको उच्च ब्याजदरको कारण तरलतामा देखिएका प्रमुख समस्या समाधान सरकारले गर्नुपर्ने जानकारी गराएको बताए ।

    उनले विगतमा बैंकहरुको व्यवसायीहरुको घरघरमा गएर ऋण दिएकाले अहिले समस्या आएको बताए । अध्यक्ष गोल्छाले बैंकहरुले ऋण दिएको समय र अहिलेको आर्थिक परिदृश्य फरक भइसकेको भन्दै ऋणले कर्जा तिर्न नसक्ने अवस्था रहेकाले कर्जा तिर्र्नै नसक्नेहरुकाको हकमा राष्ट्र बैंकले व्यवसायीको माग सम्बोधन गर्ने जानकारी गराएको बताए ।

    उनले पछिल्लो समय देखिएको अर्थतन्त्रको समस्या तत्काल सम्बोधन नगरे आगामी दिनमा देशमा ठूलो दुर्घटना निम्त्यिाउने बताए । उनले ६ प्रतिशतसम्म चालु आर्थिक वर्षमा बैंकहरुमा खराब कर्जा पुग्ने बताए ।

    अध्यक्ष गोल्छाले बैंकको ब्याजदर नघटेसम्म बजारमा माग नबढ्ने भन्दै माग नबढेसम्म बजार चलायमान नहुने बताए । उनले लघुवित्तमा भएको पछिल्लो आक्रमणमा निजी क्षेत्रको कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन् ।

    बैंक तथा वित्तीय संस्थाबिरुद्धको आक्रमणलाई महासंघले कहिल्यै पनि सहयोग नगर्ने बताउँदै उनले बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कालोमोसो दल्ने विषय निजी क्षेत्र नभएर राजनीतिक रुपमा आएको स्पष्ट पारे ।

    धमिलो पानीमा माछा मार्ने प्रयास सस्तो लोकप्रियताका लागि भइरहेको बताउँदै उनले यस्ता गतिविधिले समग्र बैंकिङ सिस्टम डामाडोल हुने खतरा बढ्दै गएको भन्दै मुलुकको आर्थिक गतिविधि नै धरापमा पर्नसक्ने चेतावनी दिए ।

    त्यस्तै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुक आर्थिक रुपमा जटिल अवस्थामा रहेकाले बैंकको वेसरेट नै हटाउन आग्रह गरेको बताए । उनले बैंकहरुले व्यवसायीहरुलाई प्रवाह गरेको कर्जामा ३ महिनामा हुने ब्याजदर र प्रिमियम बढ्न नहुने माग राखेको जानकारी दिए ।

    अध्यक्ष मल्लले यो विषयमा प्रधानमन्त्रीले सकारात्मक रुपमा हेरर सम्बोधन गर्ने प्रतिवद्धता जनाएको स्पष्ट पारे । उनले राष्ट्र बैंकले बैंकहरुसँग लिने बैंकदर पनि ५ प्रतिशतसम्म ल्याउनुपर्ने बताए । उनले बैंकहरुले कर्जा लगानी गर्दा पनि खेत किन्नेलाई नभएर खेती गर्नेलाई कर्जा दिने व्यवस्था गर्न माग गरिएको बताए ।

    प्रधानमन्त्रीले बैंकको ब्याजदरको विषयमा अध्ययन गर्न उच्चस्तरिय संयन्त्र बनाएर अघि बढ्ने प्रतिवद्धता जनाएको बताउँदै उनले प्रधानमन्त्रीसँगको छलफलमा राजनीतिक गन्धमा वित्तीय क्षेत्र चलाउनु राम्रो नभएको विषयमा निजी क्षेत्र र सरकारको एउटै धारणा आएको जानकारी दिए । उनले बैंक वित्तीय क्षेत्रबाट ऋण लिएर कर्जा र ब्याज तिर्दिन भन्नु गलत भएको स्पष्ट पारे ।

    त्यस्तै, प्रधानमन्त्रीसँगको छलफलपछि नेपाल घरेलु तथा साना उद्योग महासंघका वरिष्ठ उपाध्यक्ष सूर्यबहादुर कँडेलले घरेलु तथा साना उद्यमीहरुले नेपालमा उत्पादन गरेका वस्तुहरुको उत्पादनको बजार सुनिश्चित गर्नुपर्ने माग राखेको बताए । उनले उद्यमीहरुलाई राज्यले दिने सहुलियत तथा अनुदान लक्षित वर्गमा पुग्नेगरी व्यवस्था गर्न पनि माग गरिएको जानकारी दिए । छलफलमा प्रधानमन्त्रीले व्यवसायीहरुले खोजेको सेवा सुविधाहरु राज्यले आगामी दिनमा दिने प्रविद्धता जनाएका थिए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend