काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा निर्वाचन क्षेत्र समिति पनि गठन गर्ने भएको छ। हालै सातै प्रदेश समिति पनि गठन गरेको रास्वपाले निर्वाचन क्षेत्रमा पनि संगठन निर्माण गर्न लागेको हो ।
रास्वपाले निर्वाचन क्षेत्रभित्रका पार्टीका सदस्यहरूबाट खुला आवेदनमार्फत निर्वाचन क्षेत्र समिति गठन गर्ने लागेको महामन्त्री डा. मुकुल ढकालले बताए ।