logo

२०८१ कार्तिक ६ मंगलबार

logo
  • मंगलबार, ६ कार्तिक २०८१
  • रुप्से खोलामा ‘बेलिब्रिज’

    रुप्से खोलामा ‘बेलिब्रिज’

    2.1K
    Shares
    रुप्से खोलामा ‘बेलिब्रिज’

    म्याग्दी । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से खोलामा ‘बेलिब्रिज’ जडान गरिने भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत रुप्से खोलामा ४८ मिटर लामो बेलिब्रिज जडान सुरु भएको हो । आयोजनाका इञ्जिनियर विष्णु चापागाईंले रुप्से खोलामा पक्की पुल निर्माण नहुँदासम्मका लागि सवारीसाधन आवातजावत सहज बनाउन बेलिब्रिज राख्न लागिएको बताए ।

    ‘ठेक्का सम्झौता गरेका निर्माण कम्पनीले बेलिब्रिज राख्न पूर्वाधार निर्माण सुरु गरेका छन्’, उनले भने, ‘एक वर्षभत्रमा बेलिब्रिज निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।’ बेलिब्रिज जडान गर्न मुक्तिनाथ निर्माण सेवाले रु तीन करोड ५६ लाखमा यसै महिना ठेक्का सम्झौता गरेका छन् ।

    सो कम्पनीका सञ्चालक ओम गौचनले सम्झौता लगत्तै बेलिब्रिजको फाउण्डेशन र पर्खाल निर्माणको काम थालेको बताए । कम्पनीमार्फत बेलिब्रिज निर्माणका साथै रुप्सेखोला नजिकै सडक निर्माण र पहिरो पनि पन्छाउने सम्झौता भएको छ । विसं २०६४ मा जडान गरिएको महभिर र पोखरे बगरको बेलिब्रिज त्यहाँ पक्की पुल बनेपछि एक वर्षदेखि प्रयोगविहीन छ । सो मध्यै एक वटा बेनी–बगरफाँट र अर्को रुप्से खोलामा स्थानान्तरण गर्न लागिएको हो ।

    पुलको अभावमा वर्खायाममा रुप्से खोलामा बाढी आउँदा मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा यातायात सेवा अवरुद्ध हुने गरेको छ । विसं २०७७ साउनमा बाढीले रुप्से खोलामा निर्माणाधीन पक्की पुलको संरचना बगाएपछि निर्माण रोकिएको छ ।

    निर्माणका क्रममा रहेको रुप्से र मुस्ताङको खहरेखोलाको पुलको संरचनामा बाढीले तहसनहस बनाएपछि डिजाइन परिवर्तन गरेर दुरी बढाएर नयाँ प्रक्रियाबाट बनाउन पुरानो ठेक्का तोड्ने प्रक्रियामा रहेको बेनी जोमसोम कोरला सडक आयोजनाले जनाएको छ ।

    ४० मिटर लम्बाइ भएको रुप्से खोलाको पुलको दुईतर्फ पिलर उठाएर ६६ प्रतिशत र ढलान गर्ने अवस्थामा रहेको ८५ प्रतिशत प्रगति भएको खहरेखोलाको पुलको जग नै खलबल्याउने गरी बाढीले बगाएपछि स्पाम (लम्बाइ) बढाउन लागिएको छ । भूगोल र प्राकृतिक विपद्का कारण डिजाइन संशोधन, पुरानो ठेक्का तोडेर नयाँ ठेक्का प्रक्रिया सुरु गर्नुपर्ने भएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend