
काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन्। दुबै खेल दिउँसो साढे २ बजे एकैसाथ सुरु हुनेछन्।
एन्फा कम्प्लेक्समा दुई नव प्रवेशी क्लब चर्च ब्वाइज युनाईटेड र एफसी खुमलटार भिड्ने छन् भने फ्रेन्ड्स क्लब र थ्रीस्टार क्लबबीच च्यासल मैदानमा प्रतिस्पर्धा हुनेछ।
चर्च ब्वाइज लगातार दुई खेल जित्ने योजनामा रहेको छ। उसले पहिलो खेलमा पुलिस क्लबलाई हराएको थियो। खुमलटार पनि दोस्रो जितको खोजीमा रहेको छ। खुमलटारले पहिलो खेलमा फ्रेन्ड्सलाई हराएको थियो।
फ्रेन्ड्स र थ्रीस्टार भने पहिलो जितको खोजीमा छन्। फ्रेन्ड्सले पहिलो खेलमा खुमलटारसँग हार व्यहोरेको थियो भने थ्रीस्टार एपीएफ क्लबसँग पराजित भएको थियो।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend