काठमाडौँ । हालै आईपीओ बिक्री गरेको शुभम पावर लिमिटेडको सेयर मंगलबारदेखि धितोपत्र दोस्रो बजारमा कारोबार खुलेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले तोकेको रेन्जभित्र आज स्पेसल प्रि–सेसनमा शुभम पावरको सेयर किनबेच भएसँगै नियमित समयका लागि कारोबार खुलेको हो।
नेप्सेले यो कम्पनीलाई ‘एसपीएल’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने नेप्सले प्रतिकित्ता न्यूनतम ८८.४८ रुपैयाँ र अधिकतम २६५.४४ रुपैयाँ ओपनिङ रेन्ज तोकेको थियो। आज प्रि–सेसनमा यो कम्पनीको सेयर २६५ रुपैयाँमा किनबेच भएको छ।
गत आइतबार प्रि–सेसनमा नेप्सेले तोकेको रेन्जभित्र शुभम पावरको सेयर किनबेच नभएपछि कारोबार खुलेको थिएन।