logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • कतारी अमिरद्वारा नयाँ प्रधानमन्त्री नियुक्त

    कतारी अमिरद्वारा नयाँ प्रधानमन्त्री नियुक्त

    1.4K
    Shares
    कतारी अमिरद्वारा नयाँ प्रधानमन्त्री नियुक्त

    दोहा । कतारका अमिरले देशका एक जना शीर्ष कूटनीतिज्ञलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । उनले अर्का एक जनालाई गृहमन्त्रीमा समेत नियुक्त गरेका छन् ।

    अमिरको कार्यालयका अनुसार शेख तमिम बिन हमाद अल थानीले प्रधानमन्त्री तथा शेख खालिद बिन खलिफा बिन अब्दुलाजिज अल थानीले गृहमन्त्रीबाट दिएको राजीनामा अमिरले स्वीकृत गरेका छन् ।

    विदेशमन्त्री मोहम्मद बिन अब्दुलरहमान अल थानीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको छ । उनले नियुक्तपछिको केही घण्टामै पद तथा गोपनीयताको शपथ लिएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

    गत वर्ष यहाँ आयोजित विश्वकप फुटबल प्रतियोगिताका निम्ति गठित सरकारी सुरक्षा समितिको नेतृत्व गरेका शेख खलिफा बिन हमाद बिन खलिफा अल थानी गृहमन्त्रीमा नियुक्त भएका छन् । उनले लेखविया आन्तरिक सुरक्षा बलमा पनि सेवा गरेका थिए ।

    बयालीस वर्षीय नवनियुक्त प्रधानमन्त्री अब्दुलरहमान अल थानी अर्थशास्त्री हुन् । कतारी अमिरको उमेर पनि उनकै हाराहारीमा छ । गृहमन्त्री पनि उनीहरूकै समकालीन हुन् । पचपन्न वर्षका पूर्वप्रधानमन्त्री सन् २०२० को जनवरीदेखि सरकार प्रमुख थिए ।

    केन्द्रीय बैंकका गभर्नर शेख बन्दर बिन मोहम्मद बिन साउद अल थानी विश्वको सबैभन्दा ठूलो सार्वभौम सम्पत्ति कोष मध्येको एक कतार लगानी प्राधिकरणको अध्यक्ष बनेका छन् । यसअघि नयाँ प्रधानमन्त्रीले उक्त पद सम्हालेका थिए । नयाँ सरकारमा रक्षामन्त्री खालिद बिन मुहम्मद अल–अतियाह उपप्रधानमन्त्री बनेका छन् ।

    वर्तमान अमिरका पिता शेख हमाद बिन खलिफा अल थानीले सन् २०१३ मा आफ्नो सुपुत्रका निम्ति राजगद्दी त्याग गरेका थिए । अठार वर्षअघि उनले रक्तपातरहीत ढङ्गले आफ्नै पितालाई सत्ताच्युत गरेका थिए ।

    अमेरिका समर्थक वर्तमान अमिरले देशको विदेश नीतिमा कुनै ठूलो परिवर्तन गरेका छैनन् । यद्यपि विशाल प्राकृतिक ग्यास भण्डार भएको सानो राज्य कतारले वैभवशाली राष्ट्रका रूपमा आफ्नो परिचय अन्तर्राष्ट्रिय जगतमा स्थापित गरेको छ ।

    अघिल्लो दशकको तुलनामा जनसङ्ख्या एक तिहाइले बढेर तीस लाख पुगेको छ । आप्रवासी कामदारहरूका कारण त्यसो भएको हो । कतारका आप्रवासी कामदारमाथि राज्यले गर्ने व्यवहारलाई लिएर अन्तर्राष्ट्रिय क्षेत्रमा बेलाबेलामा यो सानो राष्ट्रको चर्चा परिचर्चा पनि हुने गरेको छ ।

    राजनीतिक दलहरू अझै पनि प्रतिबन्धित छन् तर कतारीहरूले सन् २०२१ मा एक परामर्श परिषद्को पहिलो प्रत्यक्ष चुनावमा भाग लिए । कतारले अन्तर्राष्ट्रिय खेलकुदको केन्द्र बन्ने अभियानको रूपमा गत वर्ष विश्वकप फुटबल प्रतियोगिता आयोजना ग¥यो भने भूराजनीतिक विवादहरूमा ठूलो कूटनीतिक र मध्यस्थताको भूमिका पनि खोजेको थियो । रासस/एएफपी


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend