logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • प्रविधिमा महिलाको पहुँच अपेक्षा अनुसार बिस्तार हुन सकेन : मन्त्री शर्मा

    प्रविधिमा महिलाको पहुँच अपेक्षा अनुसार बिस्तार हुन सकेन : मन्त्री शर्मा

    1.3K
    Shares
    प्रविधिमा महिलाको पहुँच अपेक्षा अनुसार बिस्तार हुन सकेन : मन्त्री शर्मा

    काठमाडौं । सञ्चर तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रविधिमा महिलाको पहुँच अपेक्षा अनुसार बिस्तार हुन नसकेको बताएकी छन् । बुधवार ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस मुल समारोह समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

    उनले वर्तमान समयको अनिवार्य आवश्यकताको रुपमा विकास भएको प्रविधिमा महिलाको पहुँच वृद्धि गरी सुरक्षा सम्मान र रोजगारीको विशेष व्यवस्था गर्न जरुरी रहेको बताइन् । उनले पछिल्लो समयमा सूचना प्रविधिको विकासले विश्वको स्वरुप नै परिर्वतन भएको उल्लेख गर्दै महिलाहरुमा अझैपनि हरेक क्षेत्रमा सहजता हुन नसकेको बताइन् । उनले सूचना तथा प्रविधिको बढ्दो प्रयोग निरन्तर विकास र गतिशिलताबाट प्राप्त अवसरहरुमा महिलाको सहभागिता अभिवृद्धि हुँदै गएपनि प्रविधिको दुरुपयोगलाई रोक्नुको साथै साइबर सुरक्षा र सरकारी डाटाको सुरक्षा सम्बन्धि विषयमा ध्यान केन्द्रित गर्नुपर्ने जरुरी देखिएको बताइन् । उनले डिजिटल प्रविधिको उपयोगमा महिलाको पँहुच बिस्तार गरी सेवा प्रवाह उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्दै राज्यका सबै तह र क्षेत्रमा महिलाहरुको सहभागितासहित समानता कायम गरी न्याय र समानतामा आधारित समृद्ध राष्ट्र निर्माण गर्ने सबैको ध्यान पुग्न जरुरी रहेको बताइन् ।

    उनले भनिन्, ‘पछिल्लो समयमा सूचना प्रविधिको विकासले विश्वको स्वरुप नै परिर्वतन भएको छ । यस्तो समयमा महिलाहरुलाई सिमित घेरामा राख्न खोज्ने पितृसत्तात्मक चिन्तन,सामाजिक कुरिती,गरिबी,शिक्षाको पँहुचमा कमी,सामाजिक तथा सांस्कृतिक मूल्यमान्यता र संरचनाको कारण महिलाहरुको जीवन जसरी सहज हुनपर्ने हो । सहज हुन सकेको छैन । अझै पनि जटिलता देखापरिरहेको छ । सूचना तथा प्रविधिको बढ्दो प्रयोग निरन्तर विकास र गतिशिलताबाट प्राप्त अवसरहरुमा महिलाको सहभागिता अभिवृद्धि गर्दै पछिल्लो समय बढ्दै गएको प्रविधिको दुरुपयोगलाई रोक्नुको साथै साइबर सुरक्षा र सरकारी डाटाको सुरक्षा सम्बन्धि विषयमा ध्यान केन्द्रित गर्नुपर्ने जरुरी भएको छ । डिजिटल प्रविधिको उपयोगमा महिलाको पँहुच बिस्तार गरी सेवा प्रवाह उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्दै राज्यका सबै तह र क्षेत्रमा महिलाहरुको सहभागितासहित समानता कायम गरी न्याय र समानतामा आधारित समृद्ध राष्ट्र निर्माण गर्ने सबैको ध्यान पुग्न जरुरी छ । प्रविधिमा महिलाको पहुँच अपेक्षा अनुसार हुन सकेको छैन । वर्तमान समयको अनिवार्य आवश्यकताको रुपमा विकास भएको प्रविधिमा महिलाको पहुँच वृद्धि गरी सुरक्षा सम्मान र रोजगारीको विशेष व्यवस्था गर्न जरुरी छ ।’

    कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगले स्थानीय तहका न्यायिक समितिको क्षमता अभिवृद्धि मानव अधिकारमैत्री कानून निर्माण, बालविवाह र बाल श्रम अन्त्यको लागि सचेतना मुलक कार्यक्रम गर्दै आइरहेको बताए । उनले मानव अधिकार सम्बन्धि विभिन्न संवैधानिक आयोगहरुसँग समेत महिला अधिकारका बारेमा नीतिगत र कार्यगत तहका समन्वय र सहकार्य हुँदै आएको बताए ।

    उनले भने, ‘मानव बेचविखन तथा ओसार पसार बिरुद्ध सचेतना अभिवृद्धि गर्ने काम सञ्चालन गर्नुको साथै त्यस्ता घटनाहरुको अनुगमन, अध्ययन,अनुसन्धान गरी नेपाल सरकारलाई उपयुक्त परामर्श प्रधान गर्ने र सोको राष्ट्रिय प्रतिवेदन सार्वजनिक गर्दै आएको छ । स्थानीय तहका न्यायिक समितिको क्षमता अभिवृद्धि मानव अधिकारमैत्री कानून निर्माण, बालविवाह र बाल श्रम अन्त्यको लागि सचेतना मुलक कार्यक्रम गर्दै आइरहेको छ । मानव अधिकारको क्षेत्रमा काम गर्ने विभिन्न गैर सहकारी संस्थाहरुसँग आवश्यक सहकार्य र सहयोग गर्दै आइरहेको छ । मानव अधिकार सम्बन्धि विभिन्न संवैधानिक आयोगहरुसँग समेत महिला अधिकारका बारेमा नीतिगत र कार्यगत तहका समन्वय र सहकार्य हुँदै आएको छ । महिला अधिकार हामी सबैको सरोकारको विषय हो । महिला अधिकार संरक्षण र लैंगिक हिंसा अन्त्यका लागि हामी सबैले आ–आफ्नो स्थानबाट योगदान गरौं । सूचना प्रविधिमा महिलाको पुँहच अभिवृद्धि गर्न लगानी बढाउँदै महिलाको सम्मानपूर्ण जीवनयापन गर्ने वातावरण निर्माण गर्दै महिलाका सम्पूर्ण अधिकार संरक्षण र संवद्र्धन गर्न सबैलाई प्रेरणा मिलोस् ।’

    अध्यक्ष मगरले महिला अधिकार संरक्षण र लैंगिक हिंसा अन्त्यका लागि सबैले आ–आफ्नो स्थानबाट योगदान गर्न आग्रह गरे । उनले सूचना प्रविधिमा महिलाको पुँहच अभिवृद्धि गर्न लगानी बढाउँदै महिलाको सम्मानपूर्ण जीवनयापन गर्ने वातावरण निर्माण गर्दै महिलाका सम्पूर्ण अधिकार संरक्षण र संवद्र्धन गर्नुपर्नेमा जोड दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend