logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • महिलाहरुको संघर्षका कारण परिवर्तन सम्भव : उपेन्द्र यादव

    महिलाहरुको संघर्षका कारण परिवर्तन सम्भव : उपेन्द्र यादव

    1.1K
    Shares
    महिलाहरुको संघर्षका कारण परिवर्तन सम्भव : उपेन्द्र यादव

    काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले महिलाहरुको संघर्षका कारण परिवर्तन सम्भव भएको बताएका छन् । समाजवादी ट्रेड युनियन महासंघ, महिला समितिले आयोजना गरेको ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवशको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।

    राजनीतिक रुपमा परिवर्तन देखिए पनि आर्थिक, सामाजिक र साँस्कृतिक रुपमा विद्यमान विभेद र असमानताको अन्त्य गर्न महिलाहरु थप सशक्त र जागरुक भएर अगाडि बढ्नुपर्ने आजको आवश्यक्ता रहेको अध्यक्ष यादवले बताए ।

    कार्यक्रममा पार्टीका कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारी, सुशिला श्रेष्ठ, समाजवादी ट्रेड युनियन महासंघका अध्यक्ष अर्जुन लम्साल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    कार्यक्रममा प्रचार विभाग प्रमुख पूर्ण बस्नेत, राजनीतिक समिति सदस्यहरु प्रेमनारायण थापा, राजन केसी, रेखा यादव, लिला सिटौला र केन्द्रीय सदस्यहरु प्रचण्ड पौडेल, अम्बिका काफ्ले, किरण कुमारी साह लगायतको उपस्थिति रहेको थियो ।

    महिला समितिका अध्यक्ष सोनाम लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कल्पना राईले गरेकी थिइन भने स्वागत मन्तव्य विमला घिमिरेले दिएकी थिइन।

    महासंघको सभा हलमा सम्पन्न कार्यक्रममा आयोजकको तर्फबाट पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतका अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend