काठमाडौं । राष्ट्रपति निर्वाचनबारे धारणा बनाउन राप्रपाको कार्यसम्पादन समितिको बैठक बसिरहेको छ । बैठक पार्टी कार्यालय, धुम्बाराहीमा बसिरहेको छ ।
बैठकमा बोल्ने अधिकांशले तटस्थ बस्नुपर्नेमा जोड दिएका छन् ।
पार्टीले संवैधानिक राजसंस्थाको मुद्दा उठाएकाले राष्ट्रपति निर्वाचनमा भाग लिन नहुने उनीहरुको तर्क छ ।
राष्ट्रपति निर्वाचन भोलि हुँदैछ । कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् ।