logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • शहीद स्मारक ए डिभिजन लिग : विभागीय टोली एपीएफ र पुलिस पराजित

    शहीद स्मारक ए डिभिजन लिग : विभागीय टोली एपीएफ र पुलिस पराजित

    1.3K
    Shares
    शहीद स्मारक ए डिभिजन लिग : विभागीय टोली एपीएफ र पुलिस पराजित

    काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज दुई विभागीय टोलीले पराजय ब्यहोरेका छन्। दशरथ रंगशालामा सम्पन्न खेलमा नेपाल पुलिस क्लब हिमालयन शेर्पा क्लबसँग पराजित हुँदा च्यासल स्टेडियममा सम्पन्न खेलमा नेपाल एपीएफ क्लब सातदोबाटो युथ क्लबसँग पराजित भएको हो।

    दशरथ रंगशालामा सम्पन्न खेलको पहिलो हाफमा पुलिस र शेर्पा गोलरहित बराबरीमा रोकिएका थिए। पहिलो हाफमा पुलिसका गोलकिपर शत्रुधन चौधरीले पेनाल्टी बचाउँदै शेर्पालाई अग्रता बनाउनबाट रोकेका थिए। निर्धारित समयसम्म पनि गोरहित बराबरीमै रोकिएको खेलमा शेर्पालाई जित दिलाउन इन्ज्युरी समयमा अमृत श्रेष्ठले गोल गरे। र, शेर्पा १- ० गोलअन्तरले जित निकाल्न सफल भयो।

    त्यस्तै, च्यासल स्टेडियममा पनि एपीएफ र सातदोबाटो पहिलो हाफ गोलरहित बराबरीमा रोकिका थिए। सातदोबाटोलाई जित दिलाउन ५५ औँ मिनेटमा विलियम असिडेउले निर्णायक गोल गरे।

    जितसँगै पहिलो खेलमा मनाङ मर्स्याङदी क्लबसँग बराबरी खेल्दै अंक बाँडेको शेर्पाले पुलिसलाई हराउँदै तालिकामा ४ अंक बनाएको छ। अर्कोतर्फ पहिलो खेलमा चर्च ब्वाइजसँग पराजित भएको पुलिस लगातार दोस्रो खेलमा पराजित भएको हो।

    त्यस्तै, न्युरोड टिम एनआरटीलाई २-० गोलअन्तरले हराउँदै लिगको सुरुवात गरेको सातदोबाटो युथ क्बलले एपीएफलाई हराएसँगै लगातार दोस्रो जित निकाल्दै तालिकामा ६ अंक जोडेको छ। थ्री स्टारलाई हराउँदै सुखद सुरुवात गरेको एपीएफ भने दोस्रो खेलमा पराजित भएको हो।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend