logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • राष्ट्रपतिका दुवै उम्मेदवार सक्रिय राजनीतिमा रहेकाले निर्वाचनमा तटस्थ बस्ने निर्णय गर्‍यौ : लिङदेन

    राष्ट्रपतिका दुवै उम्मेदवार सक्रिय राजनीतिमा रहेकाले निर्वाचनमा तटस्थ बस्ने निर्णय गर्‍यौ : लिङदेन

    1.3K
    Shares
    राष्ट्रपतिका दुवै उम्मेदवार सक्रिय राजनीतिमा रहेकाले निर्वाचनमा तटस्थ बस्ने निर्णय गर्‍यौ : लिङदेन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको छ । बुधबार काठमाडौंमा बसेको पार्टी केन्द्रिय कार्य सम्पादन समितिको बैठकले राष्ट्रपति निर्वाचनमा भाग नलिने निर्णय गरेको हो ।

    राष्ट्रपतिको निर्वाचनमा सहभागी नहुने निर्णय गरिएको पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता राजेन्द्र लिङदेनले जानकारी दिए । लिङदेनले भने, ‘राष्ट्रपतिका दुवै उम्मेदवार सक्रिय राजनीतिमा रहेकाले उनीहरुबाट निष्पक्ष र राष्ट्रको अविभावकीय भूमिका निर्वाह नहुने देखेपछि हामीले सो निर्वाचनमा तटस्थ बस्न उपयुक्त हुने निष्कर्ष निकालेका हौँ ।’

    अध्यक्ष लिङदेनले भने, ‘अहिले राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रपतिको निर्वाचनमा सहभागी हुने/नहुने, मतदान गर्ने/नगर्ने भन्ने विषयमा लामो छलफल गर्‍यौं । र, अन्ततः सर्वसम्मत ढंगले यो राष्ट्रपतिको निर्वाचनमा मतदानमा सहभागी नहुने निर्णय गरेका छौं । खासगरी हामीले अहिले सैद्धान्तिक रुपमा राष्ट्रपति भन्ने संस्थासँगै हाम्रो फरक मत छ । त्यो त आफ्नो ठाउँमा छँदैछ । तर, त्यो भन्दा पनि अहिले राष्ट्रपतिलाई संविधानले अहिले जुन संवैधानिक वा सेरेमोनियल संस्था, राष्ट्रको अभिभावकीय, , निष्पक्ष संस्थाको रुपमा परिकल्पना गरेको छ । अहिले उम्मेदवार बन्नु भएका दुवै उम्मेदवारहरु सक्रिय राजनीतिमा रहनु भएको, दुवै जना भर्खरै एक/एक वटा राजनीतिक पार्टीबाट प्रतिनिधिसभाको निर्वाचित हुनु भएको व्यक्तित्वहरु हुनुहुन्छ । उहाँहरुबाट त्यो अभिभावकीय भूमिका र त्यो निष्पक्षताको हामीले परिकल्पना गर्न सक्दैनौं । त्यसकारणले यो निर्वाचनमा हामी चाँही तटस्थ बस्नु उपयुक्त हुन्छ भन्ने निष्कर्षमा पुगेका हौं ।’

    फागुन २५ गते बिहीबार राष्ट्रपति पदको निर्वाचन हुँदैछ । सो निर्वाचनका लागि काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र एमाले उपाध्यक्ष सुवास नेम्वाङले उम्मेदवारी दिएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend