logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • राष्ट्रपति निर्वाचनको परिणाम साँझ ७ भित्र घोषणा भइसक्ने

    राष्ट्रपति निर्वाचनको परिणाम साँझ ७ भित्र घोषणा भइसक्ने

    1K
    Shares
    राष्ट्रपति निर्वाचनको  परिणाम साँझ ७ भित्र घोषणा भइसक्ने

    काठमाडौं । आज हुन गईरहेको राष्ट्रपति निर्वाचनको मतपरिणाम आजै सार्वजनिक हुनेछ ।

    निर्वाचन आयोगका निर्वाचन अधिकृत महेश शर्मा पौडेलका अनुसार आजै साँझ ७ बजे भित्र निर्वाचन परिणाम घोषणा हुनेछ ।

    उनका अनुसार बिरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भित्र नै मतगणना हुने र सोही स्थानवाट मत परिणाम सार्वजनिक हुनेछ । मतदानस्थलमा नै मत गणना गर्नेछौं र ७ बजे भित्रमा मत परिणाम पनि सार्वजनिक गरिसक्ने छौं,’ उनले भने ।

    संघीय सांसद अन्तर्गतका मतदाता र प्रदेश संसद सांसद अन्तर्गतका मतदाताका अलग अलग मतगणना गरिने र एकमुष्ठ रुपमा मतपरिणाम घोषणा गरिने गरी तयारीका साथ आयोगले राष्ट्रपति निर्वाचनको तयारी पुरा गरेको छ ।

    आज हुने राष्ट्रपति निर्वाचनमा ९ दलीय सत्तारुढ गठबन्धनवाट नेपाली कांग्रेसका बरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दाल नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङ बिच प्रतिस्पर्धा हुनेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend