मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

ए डिभिजन लिगः आज दुई खेल हुँदै

ए डिभिजन लिगः आज दुई खेल हुँदै

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज (बिहीवार) दुई खेल हुँदैछन् । जसमा एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ ।

एन्फा कम्प्लेक्समा हुने खेलमा न्युरोड टिम (एनआरटी) र जावलाखेल युथ क्लवबीच प्रतिष्पर्धा हुनेछ । एनआरटी र जावलाखेलबीचको खेल दिउँसो २ः३० बजे शुरु हुनेछ । एनआरटी पहिलो जितको खोजिमा रहेको छ । पहिलो खेलमा एनआरटीलाई सातदोबाटो युथ क्लवले हराएको थियो । जावलाखेलले भने पहिलो खेलमा मछिन्द्र फुटबल क्लवलाई हराएको थियो । च्यासल मैदानमा हुने खेलमा त्रिभुवन आर्मी क्लव र मछिन्द्र फुटबल क्लवबीच प्रतिष्पर्धा हुनेछ ।

आर्मी र मछिन्द्रबीचको खेल दिउँसो २ः३० बजे शुरु हुनेछ । आर्मी पहिलो जितको योजनामा रहेको छ । आर्मीले पहिलो खेलमा संकटा क्लवसँग बराबरी खेलेको थियो । मछिन्द्र भने पहिलो अंकको खोजीमा रहेको छ । मछिन्द्रलाई पहिलो खेलमा जावलाखेलले हराएको थियो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend