logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • राष्ट्रपतिका लागि भएको निर्वाचनको मतदान सकियो, अब मतगणना सुरु हुँदै

    राष्ट्रपतिका लागि भएको निर्वाचनको मतदान सकियो, अब मतगणना सुरु हुँदै

    1.4K
    Shares
    राष्ट्रपतिका लागि भएको निर्वाचनको मतदान सकियो, अब मतगणना सुरु हुँदै

    काठमाडौँ । नयाँ राष्ट्रपतिका लागि बिहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको हो । मतदान सकिएसँगै अब प्रक्रिया पुरा गरेर मतगणना सुरु हुँदै छ । मतगणना पनि आजै सकेर साँझ ७ बजेसम्ममा नयाँ राष्टपति घोषणा गरिने छ ।

    नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्रमा राष्ट्रपतिको व्यवस्था गरिएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन् ।

    राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयका सहायक मतदान अधिकृत भण्डारीका अनुसार संघीय संसदतर्फ ३ सय १३ र प्रदेशसभातर्फ ५ सय १८ मत खसेको छ ।

    राष्ट्रपतिको उम्मेदवारमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् । पौडेल नौ दलीय गठबन्धन तथा संविधानसभाका पूर्वअध्यक्ष नेम्वाङ एमालेका तर्फबाट उम्मेदवार बनेका हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend