logo

२०८१ असार १२ बुधबार

logo
  • बुधबार, १२ असार २०८१
  • रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिकाे उम्मेदवार बनाउने जसपाको निर्णय

    रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिकाे उम्मेदवार बनाउने जसपाको निर्णय

    3.9K
    Shares
    रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिकाे उम्मेदवार बनाउने जसपाको निर्णय

    काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले केन्द्रीय कार्यकारिणी समिति सदस्य रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

    नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका ८ दलीय गठबन्धनमा उपराष्ट्रपति जसपाले पाउने सहमति भएको थियो । उनी बारा-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद हुन् । यादव प्रतिनिधिसभामा जसपाको संसदीय दलको नेता समेत हुन् ।

    कांग्रेसका तर्फबाट सिफारिस भएका रामचन्द्र पौडेल आज राष्ट्रपतिमा निर्वाचित भइसकेका छन्।  आगामी चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend