बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

स्ववियु निर्वाचनः आज मनोनयन पत्र वितरण, भोलि उम्मेदवारी दर्ता

स्ववियु निर्वाचनः आज मनोनयन पत्र वितरण, भोलि उम्मेदवारी दर्ता

काठमाडौं । स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनका लागि आज उम्मेदवार मनोनयन पत्र वितरण हुने भएको छ ।

गत फागुन १९ गतेवाट सुरु भएको निर्वाचन कार्यक्रम अनुसार आज मनोनयन पत्र बितरण कार्यक्रम हुन लागेको हो ।

त्रिभुवन विश्वबिद्यालय, स्ववियु निर्वाचन केन्द्रिय अनुगमन तथा समितिका अनुसार बिहान ११ बजे देखी २ बजेसम्म प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फका उम्मेदवारका लागि मनोनय पत्र वितरण गर्ने कार्यक्रम तय भएको हो ।

भोली अर्थात फागुन २७ गते प्रत्यक्षतर्फको उम्मेदवार नामावली प्रकाशन हुनेछ । उम्मेदवारको नामावली पनि भोलि नै प्रकाशन गर्ने निर्वाचन समितिको तयारी छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend