मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

ए डिभिजन लिगमा थ्रीस्टारलाई पहिलो जित

ए डिभिजन लिगमा थ्रीस्टारलाई पहिलो जित

काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन फुटबल लिगअन्तर्गत थ्रीस्टार फुटबल क्लबले पहिलो जित हात पारेको छ । एन्फा कम्पलेक्समा शुक्रबार भएको खेलमा थ्रीस्टारले एफसी खुमलटारलाई २-० ले पराजित गरेको हो ।

थ्रीस्टारलाई जित दिलाउन दुबै गोल अजायी मार्टिन्सले गरे । पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएपनि मार्टिन्सले ५४ औँ  मिनेटमा गोल गर्दै थ्रीस्टारलाई अग्रता दिलाए ।

मार्टिन्सले ८२ औँ मिनेटमा गरेको दोस्रो गोलसँगै थ्रीस्टारले ३ खेलमा पहिलो जित हात पार्‍यो । यसअघि थ्रीस्टारले एक खेलमा हात बेहोर्दा अर्को खेलमा बराबरीको नतिजा ल्याएको थियो ।

यता खुमलटारको भने यो दोस्रो हार हो । उसले एक खेलमा जित हात पारेको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend