बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

पृथ्वीनारायण क्याम्पसमा लागेको ताला नखुलेपछि स्ववियु निर्वाचन उम्मेदवारी दर्ता प्रक्रिया प्रभावित

पृथ्वीनारायण क्याम्पसमा लागेको ताला नखुलेपछि स्ववियु निर्वाचन उम्मेदवारी दर्ता प्रक्रिया प्रभावित

पोखरा । पोखराको पृथ्वीनारायण क्याम्पस (पिएन) को स्ववियु निर्वाचन कार्यालयमा लागेको ताला नखुलेपछि आज ११ बजेबाट सुरु हुने भनिएको उम्मेदवारी दर्ता अनिश्चित बनेको छ ।

कर्मचारीले विद्यार्थीहरुको व्यक्तिगत विवरण चुहावट गरेको भन्दै अखिल क्रान्तिकारी, विप्लवनिकट अखिल क्रान्तिकारी, अखिल छैटौं र अखिल क्रान्तिकारी संयुक्तले संयुक्त रुपमा स्ववियु कार्यालयमा बिहिवार तालाबन्दी गरेको थियो ।

तर, हालसम्म पनि विद्यार्थी संगठन र क्याम्पस निर्वाचन समितिबिच सहमति नहुदा ताला खुलेको छैन । जसले गर्दा उम्मेदवारी दर्ता प्रक्रिया प्रभावित भएको छ ।

विप्लवनिकट अखिल क्रान्तिकारीले विद्यार्थीहरुको व्यक्तिगत विवरण चुहावट गर्ने कर्मचारीलाई कारबाहीको माग राखेको छ । क्याम्पसले  भने छानबिन  समिति बनाएर सो विशेषमा छानबिन गर्ने तयारी गरेको क्याम्पस स्रोतको दाबी छ ।

यसअघि, चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि पिएन क्याम्पसमा आज बिहान ११ बजेदेखी २ बजेसम्म उम्मेदवारी दर्ताको कार्यसूची थियो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend