logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • ‘पाश्‍चात्य शिक्षाको प्रभावले नेपालमै उत्पत्ति भएका ज्ञान ओझेलमा परे’

    ‘पाश्‍चात्य शिक्षाको प्रभावले नेपालमै उत्पत्ति भएका ज्ञान ओझेलमा परे’

    924
    Shares
    ‘पाश्‍चात्य शिक्षाको प्रभावले नेपालमै उत्पत्ति भएका ज्ञान ओझेलमा परे’

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्वानहरूको भूमि भएको तर यसको इतिहास लुकाउन खोजिएको बताएका छन् ।

    नेपालमै उत्पत्ति भएका मौलिक ज्ञान पाश्चात्य शिक्षाको प्रभावले ओझेलमा परेको उनले बताएका थिए । नेपाललाई बहादुरहरूको मात्रै देश भनेर व्याख्या गरिएको भन्दै त्यसप्रति उनले असन्तुष्टि व्यक्त गरेका छन् ।
    ‘यो इतिहासमा पनि विद्वानहरुको भूमि हो । भविष्यमा पनि विद्वानहरुको भूमि हुनेछ,’ अध्यक्ष ओलीले भने । काठमाडौंस्थित एक कलेजको भवन शिल्यान्यासका क्रममा अध्यक्ष ओलीले यस्तो टिप्पणी गरेका हुन् ।

    नेपाल भूमिबाटै विभिन्न ज्ञानको उत्पत्ति भए पनि त्यसलाई लुकाउन खोजिएको भन्दै उनले त्यसप्रति आपत्ति जनाएका थिए । यस क्रममा उनले नेपालका पुर्खाहरु जति विद्वान अन्य कतै नरहेको पनि दाबी गरे । वेदव्यास, ऋषि विश्वामित्र, कपिलमुनी गौतम बुद्ध, पाणिनीको उदाहरण दिँदै उनीहरुका बारेमा नेपालीहरुलाई बुझाउन आवश्यक रहेको उनको भनाइ थियो ।

    ‘नेपालीहरुलाई बहादुर मात्रै भनिएको छ, तर बहादुर मात्रै होइन, नेपालीहरु विद्वान पनि छन् । हाम्रा पुर्खाजस्ता विद्वान कोही छैनन् । वेदव्यास तनहुँका थिए, ऋषि विश्वामित्र शिवभन्दा पछाडि दर्शनशास्त्रका प्रणेता विश्वामित्र कोशी किनारमा बस्थे । कपिलमुनी कपिलवस्तुका थिए, उनी सांख्य दर्शन र शिवयोगका अध्येता थिए । २६ सय वर्षअघि बुद्ध रुपन्देहीमा थिए । पाणिनी अर्घखाँचीका थिए । यस्ता अनेक विद्वान यहाँका छन् तर छोप्न खोजिएको छ,’ अध्यक्ष ओलीले भने ।

    नेपाल पवित्र भूमि र ज्ञानको प्रारम्भ भएकाले ऐतिहासिक भूमि पनि भएको उनको भनाइ थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend