भक्तपुर । बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले बालबालिकाहरूको सामाजिक सञ्जालमा प्रस्तुतिको निगरानी गर्नुपर्ने बताएका छन् । हाम्रा बालबालिका कुन बाटोमा जाँदै छन् भन्ने हाल सामाजिक सञ्जालबाट पनि थाह हुने बताउँदै उनले उनीहरू कुलतमा त छैनन् नि भन्ने विषयमा निगरानी गर्नुपर्ने बताएका हुन् ।
दुवाकोटमा स्थित नर्थ इस्ट इङ्लिस सेकेण्डरी स्कुलको २६ औँ अभिभावक दिवसलाई सम्बोधन गर्दै उनले बालबालिका कतातिर जाँदै छन् भनी विद्यालय र अभिभावक दुवैले निगरानी गर्नुपर्ने बताएका थिए ।
विद्यालयले शिक्षा त दिँदै आएका छन् तर व्यवहारिक शिक्षामा भने अहिलेका पुस्ता पछाडि परेका बताउँदै उनले व्यवहारिक शिक्षामा विद्यालयले जोड दिनुपर्ने बताएका थिए ।
ग्रामीण भेगमा रहेर पनि भाइबहिनीहरूलाई राम्रो शिक्षा दिएर दक्ष जनशक्ति उत्पादन गर्न विद्यालयले ठुलो भुमिक खेलेको बताउँदै उनले विद्यालयको प्रशंसा गरेका थिए ।